दाङ – मोटरसाईकल दुर्घटना हुँदा दाङमा एक जनाकाे ज्यान गएको छ ।
दुर्घटनामा तुलसीपुर उपमहानगरपालिका ११ कटाँहामा माईतीघर भएकी २४ वर्षीया पवित्रा डाँगीको ज्यान गएको छ । डाँगी तुलसीपुर ६ बरुवा गाउँमा कोठा भाडामा लिएर बस्दै आएकी थिइन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक (इन्स्पेक्टर) डम्मरबहादुर पालका अनुसार बिहीबार बेलुकी सवा ८ बजे घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा ५ प ८४२ नम्बरको मोटरसाइकल तुलसीपुरको बेलझुन्डीमा दुर्घटना हुँदा डाँगी गम्भीर घाइते भएकी थिइन् ।
उहाँकाे उपचारको क्रममा बिहीबार राति ज्यान गएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक तुलसीपुर ९ बेलुवाका ४८ वर्षीय कुलबहादुर डाँगी सामान्य घाइते भएका छन् । घाइते डाँगीलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया