Trending
casino Jak kapitał wpływa na wybór gier w kasynie Vox casino Jak logowanie na Mostbet jest proste dla nowych użytkowników flash सांसद शाहविरुद्ध पक्राउ पुर्जी, आरोप अस्वीकार गर्दै न्यायिक प्रक्रियामा विश्वास flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण

गोरुले हानेको बहाना बनाएर दुई बुहारीले सासूको हत्या गरेकाे आराेप : अभियुक्तहरु पक्राउ

गुल्मी – गुल्मीमा दुई महिला सासूकाे हत्या गरेकाे पक्राउ परेका छन् ।

जिल्लाको इस्मा गाउँपालिका-३, दर्लामचौरमा रहेकाे तल्लो सिम्पानीका दुई बुहारीले गहना लुट्ने योजना बनाएर ७६ वर्षीया सासू कौशिला विकको गाेरुले हानेकाे बहाना बनाइ हत्या गरेकाे खुल्न आएकाे छ ।

विकको हत्या गर्नेमा आफ्नै कान्छी बुहारी २३ वर्षीया देवी विक र जेठाजुकी बुहारी वर्ष २८ वर्षीया लक्ष्मी विक रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले बताउनु भयाे।

दुई बुहारी देवी र लक्ष्मीले यही पुस १७ बेलुका सासू कौशिलालाई कुटपिट गरेर गम्भीर घाइते बनाएपछि घरको गोठमा लगेर गाेरुले हानेको बहाना बनाएर छिमेकीमा हारगुहार गरेका थिए ।

गम्भीर घाइते विकको गुल्मी अस्पतालमा उपचार सम्भव नभएपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको थियो । विकको उपचारकै क्रममा तीनदिन अघि मृत्यु भएको प्रहरी नायब उपरीक्षक घलेले जानकारी दिनुभयाे।

मृकतका श्रीमान शेरबहादुर विकले जिल्ला प्रहरी कार्यालय गुल्मीमा कर्तव्य ज्यानसम्बन्धी जाहेरी दिएपछि घटनाको बारेमा थप अनुसन्धान गर्दै जाँदा हत्याको रहस्य पत्ता लागेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 

यसरी रचिएकाे थियो हत्याको योजना 

स्थानीयका अनुसार दुई बुहारी र सासूबीच पहिलेदेखि नै राम्राे  सम्बन्ध नरहेका कारण धेरै पटक गाउँमा उजुरबाजुर समेत भएको थियो । घटनाक्रमले नयाँ मोड लिँदै जाँदा यही पुस १७ गते मृतक कौशिलाका श्रीमान घर नजिकै मासु काट्न गएको समयमा दुई बुहारीले सासुलाई कुटपिट गरी गहना लुट्ने सल्लाहका साथ योजना बनाए ।

योजना अनुसार लक्ष्मीले गोठमा भएका गोरु फुकाएर लुक्ने र कुट्ने अनि देवीले सासुलाई बाहिर बोलाउने तया भयाे । त्यसै योजना अनुसार लक्ष्मीले गोरु फुकाएपछि हातमा दाउरो समातेर लुकिन भने देवीले सासुलाई बाहिर बोलाइन् । बुहारीले बोलाएपछि सासू घर बाहिर निस्किन् र गोरु फुकेको देखेर बाँध्न भनेर गोठमा गइन् ।

त्यही समयमा लक्ष्मीले दाउराले सासुको कन्चटमा हानेर अचेत बनाइन् । उनीहरुको योजना अनुसार नाक र कानको गहना निकालेर मलखातमा दुवैले मल खाडलमा गाडे । दाउराले टाउकोमा लागेपछि कौशिला अचेत भएर भुइँमा लडिन् । बुहारीहरुले घटना लुकाउन छिमेकमा सासुलाई गोरुले हानेको भनेर नाटकसमेत गरे ।

घटना नजिकबाट देखेका बालबच्चालाई समेत घटनाको बारेमा केही नभन्न निर्देशन दिए । कसैलाई घटनाकाे सुइँकाेसम्म भएन र उनलाई उपचारका लागि पाल्पा पठाइयाे । उपचारको क्रममा पुस २० गते कौशिलाको ज्यान गयाे ।

विककाे मृत्युपछि प्रहरीले बुहारीहरुले बालबच्चासमेत बाेकेर अस्पताल ल्याएकाे देखेपछि शंकाकाे आधारमा साेधपूछ गर्दा विकलाई गाेरुले हानेकाे नभइ बुहारीहरुले हत्या गरेकाे खुल्न आएकाे थियाे ।  

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP