Trending
राजनीति राजावादीको र्‍याली देखेर गणतन्त्रवादीको मुटु हल्लियो : धवलशमशेर अपराध जसले बिमाको पैसा खाने लोभमा आफ्नै पसलमा लगाए आगो अपराध भीरबाट खसेका व्यक्तिको उद्धार गर्न गएका आठ जना त्यहीँ अड्किएपछि… राजनीति माधव नेपालको आह्वान : प्रतिगामी तत्व सल्बलाउन थाले, परिवर्तनकारी एक हौँ अपराध अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ flash मंगल प्रसाद स्वतन्त्रता गुप्ता आधारभूत विद्यालयमा ४ काेठे भवन शिलान्यास समाज राप्रपाले कामपालाई दुईपटक तिर्‍यो जरिवाना, एमालेले तिरेन एकलाख राजनीति गैरसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह : अनुदान होइन, आत्मनिर्भरताको बाटोमा लागौं राजनीति जिडिपीमा कृषिको योगदान १३ बाट ५ प्रतिशतमा झर्‍यो : उद्योगमन्त्री भण्डारी‘ राजनीति सरकारको कुशासनको फाइदा उठाएर गणतन्त्रविरोधी अभियान चलाइयो : माओवादी केन्द्र

गोरुले हानेको बहाना बनाएर दुई बुहारीले सासूको हत्या गरेकाे आराेप : अभियुक्तहरु पक्राउ

गुल्मी – गुल्मीमा दुई महिला सासूकाे हत्या गरेकाे पक्राउ परेका छन् ।

जिल्लाको इस्मा गाउँपालिका-३, दर्लामचौरमा रहेकाे तल्लो सिम्पानीका दुई बुहारीले गहना लुट्ने योजना बनाएर ७६ वर्षीया सासू कौशिला विकको गाेरुले हानेकाे बहाना बनाइ हत्या गरेकाे खुल्न आएकाे छ ।

विकको हत्या गर्नेमा आफ्नै कान्छी बुहारी २३ वर्षीया देवी विक र जेठाजुकी बुहारी वर्ष २८ वर्षीया लक्ष्मी विक रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले बताउनु भयाे।

दुई बुहारी देवी र लक्ष्मीले यही पुस १७ बेलुका सासू कौशिलालाई कुटपिट गरेर गम्भीर घाइते बनाएपछि घरको गोठमा लगेर गाेरुले हानेको बहाना बनाएर छिमेकीमा हारगुहार गरेका थिए ।

गम्भीर घाइते विकको गुल्मी अस्पतालमा उपचार सम्भव नभएपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको थियो । विकको उपचारकै क्रममा तीनदिन अघि मृत्यु भएको प्रहरी नायब उपरीक्षक घलेले जानकारी दिनुभयाे।

मृकतका श्रीमान शेरबहादुर विकले जिल्ला प्रहरी कार्यालय गुल्मीमा कर्तव्य ज्यानसम्बन्धी जाहेरी दिएपछि घटनाको बारेमा थप अनुसन्धान गर्दै जाँदा हत्याको रहस्य पत्ता लागेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 

यसरी रचिएकाे थियो हत्याको योजना 

स्थानीयका अनुसार दुई बुहारी र सासूबीच पहिलेदेखि नै राम्राे  सम्बन्ध नरहेका कारण धेरै पटक गाउँमा उजुरबाजुर समेत भएको थियो । घटनाक्रमले नयाँ मोड लिँदै जाँदा यही पुस १७ गते मृतक कौशिलाका श्रीमान घर नजिकै मासु काट्न गएको समयमा दुई बुहारीले सासुलाई कुटपिट गरी गहना लुट्ने सल्लाहका साथ योजना बनाए ।

योजना अनुसार लक्ष्मीले गोठमा भएका गोरु फुकाएर लुक्ने र कुट्ने अनि देवीले सासुलाई बाहिर बोलाउने तया भयाे । त्यसै योजना अनुसार लक्ष्मीले गोरु फुकाएपछि हातमा दाउरो समातेर लुकिन भने देवीले सासुलाई बाहिर बोलाइन् । बुहारीले बोलाएपछि सासू घर बाहिर निस्किन् र गोरु फुकेको देखेर बाँध्न भनेर गोठमा गइन् ।

त्यही समयमा लक्ष्मीले दाउराले सासुको कन्चटमा हानेर अचेत बनाइन् । उनीहरुको योजना अनुसार नाक र कानको गहना निकालेर मलखातमा दुवैले मल खाडलमा गाडे । दाउराले टाउकोमा लागेपछि कौशिला अचेत भएर भुइँमा लडिन् । बुहारीहरुले घटना लुकाउन छिमेकमा सासुलाई गोरुले हानेको भनेर नाटकसमेत गरे ।

घटना नजिकबाट देखेका बालबच्चालाई समेत घटनाको बारेमा केही नभन्न निर्देशन दिए । कसैलाई घटनाकाे सुइँकाेसम्म भएन र उनलाई उपचारका लागि पाल्पा पठाइयाे । उपचारको क्रममा पुस २० गते कौशिलाको ज्यान गयाे ।

विककाे मृत्युपछि प्रहरीले बुहारीहरुले बालबच्चासमेत बाेकेर अस्पताल ल्याएकाे देखेपछि शंकाकाे आधारमा साेधपूछ गर्दा विकलाई गाेरुले हानेकाे नभइ बुहारीहरुले हत्या गरेकाे खुल्न आएकाे थियाे ।  

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP