Trending
flash पूर्वपश्चिम राजमार्ग : डाईभर्सन बाढीले बगाउँदा सवारी आवागमन अवरुद्ध flash माटोको ढिस्को खस्दा एक जनाको मृत्यु, ५ जना घाइते flash ५० वर्ष पुगेका एकल महिला र पुरुषलाई जीवन निर्वाह भत्ता समाज अमलेखगञ्‍जको जंगलमा बाघको आक्रमणबाट एकजनाको मृत्यु समाज ‘बिजनेस दिन’ र संसद्लाई सक्रिय तुल्याउन सरकार चुकेको छैन : कानुनमन्त्री चौरसिया समाज पर्यटकको रोजाइमा लटारम्मेश्वर समाज सुनको मूल्य तोलामा ९ सय बढ्यो राजनीति प्रधानमन्त्रीको नेतृत्वमा रहेको उच्चस्तरीय सुशासन आयोगको बैठक बस्दै राजनीति रौतहटमा दुईसय व्यक्ति कांग्रेसमा प्रवेश, मधेश सभापति यादवले गरे स्वागत राजनीति भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति चाहिन्छ : रास्वपा

आर्थिक अभावले क्यान्सर संग लड्दै पुम्फा

जुम्ला-तातोपानी गाउँपालिका २ कि ६५ वर्षिय पुम्फा दमाई ३ वर्ष देखि स्तन क्यान्सरको पिडाले छटपटाई रहेकी छन् । ३ वर्ष पहिले सानो घाउ थियो, त्यहि बेला साहेत उपचार भएको भए आज पीडा खेप्नु पर्थेन होला । बृद पुम्पाले आँसु झार्दै भनिन, घरमा कोहि पनि पढेलेखेका नहुँदा आफ्नो समस्या प्रति वास्तानै गरेनन् ।
सानो सानो हुँदै स्तन पुरै,संक्रमण भएर अन्तिम स्टेजमा पुगिसकेको छ । श्रीमान खड्के दमाई मृत्यु भएको पनि २० वर्ष पुग्यो । उनको पिडामा मलम लगाउन अघिपछि कोहि पनि छैनन् । घरमा रहेका तीन नातिको दयनिय अबस्थाले उनको उपचार सम्भव छैन् । घरमा ६ महिना खान धौधौ पुग्छ । पुम्फाले थपिन, अब मर्नुको विकल्प छैन् ।

बाच्ने रहर हुँदा पनि आर्थिक अभाबले म गल्दै छु । सरकारले दिने भत्ताले औषधी किन्नै ठिक्क छ । तर पनि दुखाईले नछटपटिएको कुनै दिनरात छैन् । केही आफन्तले उपचार गर्छौ भनेर भारतका विभिन्न अस्पताल पनि लगेका थिए । तर शल्यक्रियाका लागि पैसा महंगो लाग्ने थाहा पाएपछि उपचार हुन सकेन् ।
सधै औषधीको सेवनले कपाल सबै कपाल झरिसक्यो । त्यसपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुन उपचारका लागि लिदा उनलाई जुम्लामा उपचार सम्भव नरहेको भन्यो । पुम्फाका जेठा नाति कैलाश दमाईले भने, यसको उपचार भारतको लखानौ लिएर हुन्छ भनेका छन् । त्यसको लागि करिब ३ देखि ४ लाख सम्म लाग्छ । कहि रकम आफुले झुटाएमा केही प्रतिष्ठानले सहयोग गर्ने बताएको छ । तर घरको सबै श्रीसम्पत्ती बेच्दा पनि ३र४ लाख पुग्ने छैन् ।

कसरी हजुर आमाको उपचार गरौ, भन्दै सहयोगका लागि मिडिया धाउन थालेका छन् । सास रहुन्जेल बाच्न पाउने हरेक नागरिकको अधिकार छ । तर पुम्फा ३ वर्ष आर्थि अभावमै क्यान्सर रोग संग लड्दा लड्दै हारिसकेकी छन् । तर कसैले सहयोग गरेर उपचार भएको भए कति खुसी हुन्थे होला भन्ने उनको आशा छ । ३र४ लाख नभएरै अकालमै रोगबाट संक्रमित भई मर्नु बिडम्बनाको कुरा हो ।
पुम्फाले स्वयम मिडियामा आएर रुदै सहयोगको याचना गरेकी छन् । मिडिया मार्फत समचार सम्प्रेषण गरि उपचार खर्च जुट्छ कि भन्ने आशा गरेकी पुम्फाको पिडामा मलम लगाउन आम सरोकारवालाहरुमा अनुरोध समेत गरिएको छ । आबश्यक सहयोग समर्थनका लागि तातोपानी २ जर्मि गाँउका स्थानीयहरुनै बेखबर छन् ।

आफ्ना आफन्तलेनै उपचारका लागि चासो नदिएपछि आफुले मिडियाको सहारा लिएको पुम्फाले बताईन् । घाउमा दिनदिनै संक्रमरण बढ्दै गएकाले गर्दा क्यान्सरले ज्यानै लिने खतरा नजिक बढेको छ । नेपालमा सामान्य नागरिकलाई ३÷४ लाखको उपचार गर्न पनि मुस्किल हुन्छ । कसरी निशुल्क स्वास्थ्य हुन सक्छ, सरकारले यस्ताखालमा विरामीहरुलाई विशेष छुट तथा राहत दिनुपर्ने स्थानीयको भनाई छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP