Trending
casino Jak kapitał wpływa na wybór gier w kasynie Vox casino Jak logowanie na Mostbet jest proste dla nowych użytkowników flash सांसद शाहविरुद्ध पक्राउ पुर्जी, आरोप अस्वीकार गर्दै न्यायिक प्रक्रियामा विश्वास flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण

आर्थिक अभावले क्यान्सर संग लड्दै पुम्फा

जुम्ला-तातोपानी गाउँपालिका २ कि ६५ वर्षिय पुम्फा दमाई ३ वर्ष देखि स्तन क्यान्सरको पिडाले छटपटाई रहेकी छन् । ३ वर्ष पहिले सानो घाउ थियो, त्यहि बेला साहेत उपचार भएको भए आज पीडा खेप्नु पर्थेन होला । बृद पुम्पाले आँसु झार्दै भनिन, घरमा कोहि पनि पढेलेखेका नहुँदा आफ्नो समस्या प्रति वास्तानै गरेनन् ।
सानो सानो हुँदै स्तन पुरै,संक्रमण भएर अन्तिम स्टेजमा पुगिसकेको छ । श्रीमान खड्के दमाई मृत्यु भएको पनि २० वर्ष पुग्यो । उनको पिडामा मलम लगाउन अघिपछि कोहि पनि छैनन् । घरमा रहेका तीन नातिको दयनिय अबस्थाले उनको उपचार सम्भव छैन् । घरमा ६ महिना खान धौधौ पुग्छ । पुम्फाले थपिन, अब मर्नुको विकल्प छैन् ।

बाच्ने रहर हुँदा पनि आर्थिक अभाबले म गल्दै छु । सरकारले दिने भत्ताले औषधी किन्नै ठिक्क छ । तर पनि दुखाईले नछटपटिएको कुनै दिनरात छैन् । केही आफन्तले उपचार गर्छौ भनेर भारतका विभिन्न अस्पताल पनि लगेका थिए । तर शल्यक्रियाका लागि पैसा महंगो लाग्ने थाहा पाएपछि उपचार हुन सकेन् ।
सधै औषधीको सेवनले कपाल सबै कपाल झरिसक्यो । त्यसपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुन उपचारका लागि लिदा उनलाई जुम्लामा उपचार सम्भव नरहेको भन्यो । पुम्फाका जेठा नाति कैलाश दमाईले भने, यसको उपचार भारतको लखानौ लिएर हुन्छ भनेका छन् । त्यसको लागि करिब ३ देखि ४ लाख सम्म लाग्छ । कहि रकम आफुले झुटाएमा केही प्रतिष्ठानले सहयोग गर्ने बताएको छ । तर घरको सबै श्रीसम्पत्ती बेच्दा पनि ३र४ लाख पुग्ने छैन् ।

कसरी हजुर आमाको उपचार गरौ, भन्दै सहयोगका लागि मिडिया धाउन थालेका छन् । सास रहुन्जेल बाच्न पाउने हरेक नागरिकको अधिकार छ । तर पुम्फा ३ वर्ष आर्थि अभावमै क्यान्सर रोग संग लड्दा लड्दै हारिसकेकी छन् । तर कसैले सहयोग गरेर उपचार भएको भए कति खुसी हुन्थे होला भन्ने उनको आशा छ । ३र४ लाख नभएरै अकालमै रोगबाट संक्रमित भई मर्नु बिडम्बनाको कुरा हो ।
पुम्फाले स्वयम मिडियामा आएर रुदै सहयोगको याचना गरेकी छन् । मिडिया मार्फत समचार सम्प्रेषण गरि उपचार खर्च जुट्छ कि भन्ने आशा गरेकी पुम्फाको पिडामा मलम लगाउन आम सरोकारवालाहरुमा अनुरोध समेत गरिएको छ । आबश्यक सहयोग समर्थनका लागि तातोपानी २ जर्मि गाँउका स्थानीयहरुनै बेखबर छन् ।

आफ्ना आफन्तलेनै उपचारका लागि चासो नदिएपछि आफुले मिडियाको सहारा लिएको पुम्फाले बताईन् । घाउमा दिनदिनै संक्रमरण बढ्दै गएकाले गर्दा क्यान्सरले ज्यानै लिने खतरा नजिक बढेको छ । नेपालमा सामान्य नागरिकलाई ३÷४ लाखको उपचार गर्न पनि मुस्किल हुन्छ । कसरी निशुल्क स्वास्थ्य हुन सक्छ, सरकारले यस्ताखालमा विरामीहरुलाई विशेष छुट तथा राहत दिनुपर्ने स्थानीयको भनाई छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP