Trending
राजनीति प्रतिनिधिसभाले पारित गर्‍यो ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ राजनीति भारत भ्रमणमा जानुअघि मुख्यमन्त्री साहले भने- कुनै पनि आतंककारी गतिविधि नेपाललाई अस्वीकार्य अन्तर्राष्ट्रिय म्यान्माका अधिकारीहरू सुकीको बङ्गला लिलामीमा चौथो पटक असफल भए राजनीति वर्तमान शासन व्यवस्थाको विकल्प छैन तर सरकार चाहिँ इमानदार हुनुपर्छ : प्रचण्ड मनोरन्जन ‘एलओडीले छ वसन्तमा धेरै पालुवा फेरेको छ’ शिक्षा किन सरकार-शिक्षकबीच हुन सकिरहेकाे छैन सहमति ? राजनीति ‘संविधान संशोधन गरेर शिक्षकलाई संघअन्तर्गत राखौँ, नत्र गोहीका आँसु ननिकालौँ’ समाज धरानबाट हराएको बस विराटनगरमा भेटियो राजनीति सोमबारको संसद् बैठकमा अश्लील बोलेको छैन : पूर्वमन्त्री आले राजनीति सरकारले शिक्षकहरूलाई विद्यालय फर्किने वातावरण बनाओस्ः सांसद खतिवडा

दानवीर डा. मनिषाद्वारा मृगौला रोगी लाई ५० हजार सहयोग

माधवभाट क्षेत्री कपिलवस्तु, १७ माघ ।

दानवीर डा. मनिषा कुँवर जसले मृत्युको शैयामा छटपटाइरहेकी नेपाली चेलीको प्राण बचाउन आफूले विदेशी भूमिमा बेचिएको पसिनाबाट रु. ५० हजार सहयोग गर्नुभएको छ । एउटै कोखका दाजुभाइ मिल्न नसकेर कुटाकुट गर्छन् तर यही समाजमा दानवीर डा. मनिषाले आफू जस्तै चेलीको प्राण बचाउन विदेशमा बेचेको पसिनाबाट आर्थिक सहयोग गरेर नेपाली महिलाको शीर उचो बनाउनु भएको छ । बाणगंगा नगरपालिका २, कप्टैयाकी २१ वर्षीय रुपा सिंजालीको मिर्गाैला प्रत्यारोपणमा लागि डा. मनिषाले सहयोग गर्नुभएको हो । बाणगंगा ४, गजेहडा कपिलवस्तुका सामाजिक व्यक्तित्व दल बहादुर कुँवरकी सुपुत्री मनिषाले संयुक्त राज्य अमेरिबाट उक्त सहयोग गर्नुभएको हो । आफू मरेपछि शरीरका अङ्गहरू दान गर्नका लागि मानिसहरूले जीवित रहँदै इच्छापत्र लेखेका हुन्छन् कतिपयले महायज्ञहरुमा दान गरेर पुन्य गरेका हुन्छन् आफ्नी छोरी मनिषाले नेपाली चेलीको मृगौला प्रत्यारोपणका लागि सहयोग गरेकोमा गर्व लागेको मनिषाका बुवा कुँवरले बताउनुभयो । रकम डा. मनिषाका बुवा मार्फत मृगौला रोगी रुपाका बुवा झविलाल सिंजालीलाई हस्तान्तरण गरिएको छ । मृगौला रोगी रुपाका बुवा झविलाल सिंजालीले छोरीलाई मिर्गौला दिन परीक्षण समेत गरी सक्नु भएको छ । मानव अङ्ग प्रत्यापरोण गर्नका लागि करिब १५ लाख चाहिने डाक्टरहरुले बताएका छन् । अहिले उपचार गराइरहनु भएकी सिंजालीको दुई वटै मिर्गौला खराब भएकाले प्रत्यारोपण गराउनुपर्ने चिकित्सकले बताएकोले रकम संकलनका लागि आपूm लागि परेको सिंजालीका बुवाले बताउनुभयो े । अहिले मृगौला रोगी सिंजालीको डाइलोसिस भईरहेको छ । सिंजालीलाई सहयोग गर्न ग्लोबल आई.एम.ई.को मृगौला रोगीका बुवा झविलाल सिंजालीको खाता नं. ०७५१०४०४८५४९०१ मा रकम जम्मा गरिदिन सकिने सिंजाली परिवारले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP