Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

निधिलाई नफकाउने देउवाको घोषणा, कांग्रेसमा नयाँ समीकरण जन्मिँदै

काठमाडौं, असार ८। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आसन्न १४ औँ महाधिवेशनमा आफ्नै समूहबाट सभापतिका आकांक्षी विमलेन्द्र निधिलाई सहमतिमा ल्याउन थप प्रयत्न नगर्ने स्पष्ट पार्नुभएको छ ।

आफू निकट केन्द्रीय सदस्यहरुसँगको छलफलमा क्रममा देउवाले सभापतिमा लड्न पाउने निधिको अधिकारलाई आफूले बञ्चित नगर्ने प्रष्ट पार्नुभएको नेताहरुले बताएका छन् ।

निधिले पनि सभापतिमा लड्ने तयारी गरेपछि निकट नेताहरुले देउवासँग उहाँलाई सहमतिमा ल्याउन थप प्रयत्न नगरे परिणाममा असर पर्नसक्ने बताएका थिए । हिजो गण्डकी र बागमती प्रदेशका नेताहरुले निधिलाई जसरी पनि सहमतिमा ल्याउन देउवालाई सुझाव दिएका थिए ।

देउवा निकट नेता मोहनबहादुर बस्नेतले एउटै समूहबाट दुई जना सभापतिका उम्मेदबार भए परिणाममा धक्का पुग्न सक्नेबारे आफूहरुले सुझाव दिएको जानकारी दिनुभएको थियो ।

सभापतिमा चुनाव लड्नेबारे आज पनि देउवाले प्रदेशगत छलफल गर्नुभएको छ । सुदूरपश्चिम, लुम्बिनी र कर्णालीका नेताहरुले पनि निधिलाई सहमतिमा ल्याउन देउवालाई सुझाव दिएका छन् ।

तर सभापति देउवाले भने आफूले निधिलाई धेरैपटक सहमतिका लागि आग्रह गरिसकेकोले अब थप प्रयत्न नगर्ने बताएको छलफलमा सहभागी नेता वीरबहादुर बलायरले जानकारी दिनुभयो ।

निधिलाई नफकाउने रणनीति लिएका देउवाले पौडेल खेमाका प्रभावशाली नेताहरुलाई आफ्नो समूहमा तानेर अघि बढ्न खोजेको देखिन्छ । नेता बलायरले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरुसँग देउवाले परामर्श अघि बढाउने जानकारी दिनुभयो ।

देउवाले कांग्रेसलाई फेरि एक नम्बर पार्टी बनाएर मात्रै विश्राम लिने चाहना व्यक्त गरेर चुनावी तयारी गरिरहँदा कांग्रेसभित्र परम्परात समूह भत्काएर नयाँ समीकरण जन्माउने प्रयास पनि हुन थालेका छन् ।

नेविसंघको राजनीतिदेखि नै देउवालाई साथ दिँदै आउनुभएका नेता विमलेन्द्र निधिले आज पौडेल समूहमा रहेका नेताहरु शशांक कोइराला र प्रकासमानसिंहसँग छलफल गर्नुभयो ।

विरासतको राजनीति गर्दै आएका यी तीनैजना नेताहरुबीच भएको छलफललाई कांग्रेसभित्र नेतृत्वका लागि विकसित भइरहेको नयाँ समीकरणका रुपमा व्याख्या गर्न थालिएको हो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP