Trending
casino Jak kapitał wpływa na wybór gier w kasynie Vox casino Jak logowanie na Mostbet jest proste dla nowych użytkowników flash सांसद शाहविरुद्ध पक्राउ पुर्जी, आरोप अस्वीकार गर्दै न्यायिक प्रक्रियामा विश्वास flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण

नेपालमा कोरोना भाइरसको जोखिम छैन : सरकार

काठमाण्डाै – सरकारले चीनमा फेला परेको नोभेल कोरोना भाइरस प्रकोपको नेपालमा कुनै किसिमको जोखिम नरहेको स्पष्ट पारेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कोरोना भाइरस प्रकोपको नेपालमा उच्च जोखिम नरहेको तर उच्च सतर्कता अपनाउन सरकारले सबै संयन्त्रको प्रभावकारी परिचालन गरेको बताउनुभयो ।

कोरोना भाइसरको सम्भावित प्रकोपको जोखिम नियन्त्रणका लागि के–कस्ता उपाय अपनाउने भन्ने सन्दर्भमा शनिबार सरोकारवाला निकायसँगको छलफलका क्रममा उहाँले नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको र कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सरकार संवेदनशील रहेको बताउनुभयो । जोखिम नियन्त्रणका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा चीनसँगका सीमानाकामा स्वास्थ्यकक्ष सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “नेपाल अहिले कोरोना भाइरसको उच्च जोखिम क्षेत्र होइन, तर पनि चीनसँग सम्पर्क जोडिएको हुनाले सतर्कताचाहिँ अपनाउनै पर्छ, त्यसैले उच्च जोखिममा छैन तर उच्च सतर्कता अपनाएका छौँ, अन्तरमन्त्रालयको समन्वयमा सबै संयन्त्रलाई प्रभावकारीरूपमा परिचालन गरिएको छ ।” कोरोना भाइसरको हल्ला चलेपछि सरकारले एक सातादेखि यसले पार्न सक्ने असरका सम्बन्धमा सरोकारवालासँग छलफल गरिरहेको छ ।

यही माघ १२ गते प्रधानमन्त्रीको उपस्थितिमा गृहमन्त्री, परराष्ट्रमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र तत्सम्बन्धित मन्त्रालयका सचिव, विभाग र महाशाखाका प्रमुखको बैठकले चीनमा फैलिएको नोभेल कोरोना भाइरस र सोले नेपालमा पार्न सक्ने असरका सम्बन्धमा छलफल गरेको थियो ।

अहिले स्वास्थ्यमन्त्रीको अध्यक्षतामा अन्तरमन्त्रालयका प्रतिनिधि रहने उच्चस्तरीय समिति र स्वास्थ्य सचिवको अध्यक्षमा उपसमिति गठन गरिएको मन्त्रालयले जनाएको छ । पर्यटनसँग प्रत्यक्ष सम्बन्ध राख्ने जिम्मेवार पर्यटनमन्त्री भट्टराईले पनि आफ्नो सक्रियता बढाउनुभएको छ । पर्यटन क्षेत्रमा कोरोना भाइरसको नकारात्मक प्रभाव नपरोस् र सही सूचना सम्प्रेषण होस् भन्ने सरकार एवं सरोकारवाला व्यवसायीको धारणा छ ।

पछिल्ला दिनमा सञ्चारमाध्यममा कोरोना भाइरसबारे नेपालका सन्दर्भमा आइरहेका विभिन्न समाग्रीले व्यवसायमा एक प्रकारका त्रास उत्पन्न गराएको भन्दै सम्बन्धित विषयमा संवेदनशील भएर सन्देश प्रकाशन प्रसारण गर्न पनि पर्यटनमन्त्रीले आम सञ्चारमाध्यमलाई अनुरोध गर्नुभएको छ ।

उहाँले नेपालमा बेलाखबत यस्ता जोखिम र सङ्कट निम्तने गरेको र विसं २०७२ को गोरखा भूकम्पका बेला पनि सञ्चार संवेदनशीलताप्रति नेपाली सञ्चारमाध्यमले निर्वाह गरेको भूमिकाको सराहना गर्दै अहिलेको परिस्थितिमा पनि सोही किसिमको भूमिका निर्वाह गर्न आग्रह पनि गर्नुभयो ।

चीनमा फैलँदै गएको कोरोना भाइरसको प्रत्यक्ष प्रभाव नेपालको पर्यटन क्षेत्रमा पर्न जान्छ । नेपालको प्रमुख पर्यटकीय स्रोत बजार चीनबाट वार्षिकरूपमा झण्डै डेढदेखि दुई लाख पर्यटक आउने गरेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP