Trending
राजनीति रेशमलाई छाड्न सर्वोच्चबाट पठाइयो अर्को पत्र, पक्राउको पत्र काट्ने शाखा अधिकृत आफैँ पक्राउ राजनीति गणतन्त्रमा स्वतन्त्र हुन नचाहेर ‘रैती हुन पाऊँ’ भन्नेहरूले व्यवस्थाको विरोध गरे : प्रधानमन्त्री राजनीति रेशम चौधरीलाई कार्यक्रमस्थलमै पक्राउ गर्नु अलोकतान्त्रिक : सिके राउत राजनीति सत्ता गठबन्धनको बैठकमा के–के भयो ? राजनीति रेशम चौधरी पक्राउ, जनमतसँगको एकता घोषणा कार्यक्रम स्थगित राजनीति कञ्चनपुरमा प्रचण्ड, सहिद परिवारहरूसँग भेटघाट राजनीति प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै एकीकृत समाजवादी समाज प्रहरीद्वारा अवैध घरेलु मदिरा नष्ट राजनीति सत्तारुढ दलहरूको बैठक बालुवाटारमा समाज सुन तोलामा सात सयले घट्यो, कतिमा हुँदैछ कारोबार?

विद्यालयको चुनावी प्रसारप्रसारमा वडा अध्यक्ष ।।

दिपक के.सी.

कपिलवस्तु माघ १९

कपिलवस्तुको महाराजगंज नगरपालिकामा जन प्रतिनिधी विद्यालय व्यवस्थापन समितिको प्रचार प्रसारमा जादाँ सेवा ग्राहीले सास्ती बखेप्नु परेको छ । निर्वाचित जन प्रतिनिधि नै कार्यालयमा नहुदाँ साना तिना सिफारिसका काम लिएर पुग्ने सेवाग्राहीले सास्ती खेप्नु परेको छ । नगरपालिकाको शिवाभारी माध्यमिक विद्यालय व्यवस्थापन समितिको निर्वाचन भन्दै चुनावी प्रसार प्रसारमा वडा नं. ९ का वडा अध्यक्ष उदयराज चौधरी कुर्मी पनि हिडेका छन । नेपाली काँग्रेस बाट वडा अध्यक्ष जितेका कुर्मी जनताको काम छाडी विद्यालयको चुनाव प्रचार प्रसारमा खटेका छन । वडा कार्यालयमा भने सेवा ग्राही अध्यक्षको हस्ताक्षरका लागी कुर्दै गर्दा अध्यक्ष भने प्रचार प्रसारमा नै व्यस्त छन । सेवा ग्राहीले कहाँ हुनुहुन्छ काम थियो भन्दा , दुई दिन कुनै पनि काम नगर्ने र आफु प्रचार प्रसारमा हिडेको वडा अध्यक्षले बताएको जग्गा पासको सिफारिस लिन वडा कार्यालय सेमरीमा पुगेका सेवा ग्राही रवि गुप्ताले बताए । सेवा ग्राहीको काम दुई दिन सम्म नगर्ने भन्दै विद्यालय चुनावको प्रचारमा हिडेका अध्यक्षलाई सेवाग्राहीले कार्यालयमा पर्खिरहेका छन भन्दा “सेवाग्राहीको कुर्ने काम हो कुर्छन , म काम गर्न सक्दिन तपाईलाई गुनासो गरेका रहेछन, तपाइ आफै काम गर्नुस” भन्ने गैर जिम्मेवार पूर्ण जवाफ फर्काए । कुर्मीले आफु प्रचारमा लागेकोले जनताका काम गर्न नभ्याउने सम्म बताए । यता वडा कार्यालयमा अध्यक्षको हस्ताक्षरको प्रतिक्षामा बसेका सेवाग्राही भने निरास बनेका छन । जनताको काम गर्ने भन्दै चुनाव जितेका अध्यक्षले विद्यालयको निर्वाचनको लागी जनताको काम नै थाती राख्दै प्रचार प्रसारमा लागेका छन ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP