Trending
राजनीति गठबन्धन मन्त्रालय बाँडफाँडै गर्न नसक्ने भइसक्यो : विष्णु पौडेल राजनीति सरकारलाई सुझाव दिनु ‘भैंसीको अगाडि बाँसुरी बजाए’ जस्तै : केपी ओली समाज बालविवाह अन्त्यका लागि योजना बनाउँदै कर्णाली राजनीति प्रचण्डलाई प्रधानमन्त्रीबाट हट्नुपर्ने हो कि भन्ने डर छ : गगन थापा राजनीति मुख्‍यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत, पक्षमा ६७ र विपक्षमा १७ मत राजनीति आरक्षण दिँदासम्म दलितमाथिको उत्पीडन समाप्त हुँदैन : वामदेव गौतम राजनीति कोशी प्रदेशको सरकार कुनै हालतमा टिकाउँछौँ : ओली राजनीति गण्डकीबाट बाहिरियो माओवादी, अल्पमतमा मुख्‍यमन्त्री अधिकारी समाज तथ्यांक भन्छ- २१ लाख ९० हजार नेपाली विदेशमा समाज धनगढीका पत्रकार धामीलाई धम्की दिने अवस्थी पक्राउ

चीनमा रहेका नेपालीलाई फर्काउने तयारी

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले चीनमा रहेका नेपाली विद्यार्थीको उद्दार गर्न जहाज तयारी अवस्थामा राखिएको बताउनुभएको छ ।

चीनमा फैलिएको नोवेल कोरोना भाइरस र यसबाट पर्यटन क्षेत्रमा परेको असरका विषयमा समीक्षा तथा चाल्नुपर्ने कदमका बारेमा सरकार सजग रहेको मन्त्री भट्टराईको भनाइ छ ।

सीआईएनसँग कुराकानी गर्दै उहाँले परराष्ट्रमन्त्रालयले चीनमा रहेका नेपाली विद्यार्थीको अवस्थाका बारेमा नेपालस्थिति चिनिया दूतावाससँग नियमित सम्पर्क गरीरहेको जानकारी दिनुभयो । चीनमा रहेका नेपालीलाई स्वदेश फर्काउनुपरेमा एक हप्ता पनि नलाग्ने मन्त्री भट्टराईले बताउनुभयो ।

आज पर्यटन वोर्डमा भएको छलफलमा मन्त्री भट्टराईले चीनमा अध्ययनरत विद्यार्थीहरुलाई फिर्ता गर्न २ वटा जहाज तयारी अवस्थामा रहेको बताउनुभयो ।

पराराष्ट्र मन्त्रालयले चिनियाँ सरकार र दूतावाससँग प्रभावित क्षेत्रका विषयमा जानकारी दिइरहेको अवगत गराउँदै उहाँले अहिलेसम्म नेपाली विद्यार्थीहरू सुरक्षित रहेको बताउनुभयो ।

चीनको सबैभन्दा बढी कोरोना भाइरस प्रभावित क्षेत्र वुहानमा १ सय ९० जना नेपाली विद्यार्थी अध्ययनरत रहेका छन् ।

नेपाल आउने पर्यटक र आउन चाहने पर्यटकहरूलाई नेपाल सुरक्षित र ठीक छ भन्ने सन्देश प्रवाह गर्न पनि उहाँले सबैमा आग्रह गर्नुभयो । चीनले कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीहरूको जीवन रक्षा र स्वास्थ्य उपचारको सुनिश्चित गरिएको भन्दै आश्वस्त रहन आग्रह गरेको छ ।

नेपालस्थित चिनियाँ दूतावासले आज विज्ञप्ति जारी गरी यस्तो आग्रह गरेको हो ।

नोवल कोरोना भाइरसको प्रभावका कारण विश्वका विभिन्न देशले चीनका लागि उडान रद्द गर्न थालेका छन् । चीनमा बढ्दो कोरोना भाइरसको संक्रमणका कारण चीनका लागि उडान भर्ने अन्तर्राष्ट्रिय समुदायले उडान रद्द गर्ने क्रम बढेको हो ।

पर्यटकले टिकट रद्द गर्ने क्रम बढेपछि चीनका विभिन्न सहरबाट काठमाडौं उडान गर्दै आएका वायुसेवा कम्पनीहरूले उडान स्थगन गर्ने क्रम बढेको हो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP