कमल घिमिरे पाणीनी-५,अर्घाखाँची
- कसैको छ र त सिसाको दरबार देखेको छु,
- हो त्यहि सिसामा अाफ्नो अनुहार देखेको छु,
- जुन दिन म हजुरको कृति पढ्ने मौका पाए,
- साच्चै हजुरभित्र ठुलै साहित्यकार देखेको छु
- मेरो वा ले अझैसम्म काठमाडौ टेकेका छैनन,
- म त्यहि वाउको ऋणमा कतार देखेको छु,
- महोदय! तपाईं कुन शान्तिको कुरा गर्दै हुनुहुन्छ
- बुद्धकै देशमा म अचेल काटमार देखेको छु
- ,
- तिमी मसङ्ग जति रिसाएजस्तै नाटक गरे पनि
- त्यो तिम्रो अाखामा मेरो लागि प्यार देखेको छु,
- अबसरको खोजिमा सहर भित्रीएको म
- अाज चोक अनि गल्लिहरुमा देहव्यापार देखेको छु,
- यसकारण पनि उ मलाई असाध्यै मनपर्छ,
- उ भित्र मेरो जस्तै मिल्ने बिचार देखेको छु
- सायद लिपुलेखले पुगेन होला उनिहरुलाई,
- अचेल जनकपुर बेच्ने सुरसार देखेको छु,
- newsdesk
- २०७६ माघ २३, बिहीबार १२:१५ गते
माघ १४, २०७६
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया