Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

कसरी सम्पन्न समृद्ध बन्यो जापान


श्याम क्षेत्री, टोकियो
जापान भन्नेवित्तिकै जो(कसैको मनमा एउटा विकसित देश भन्ने चित्र पैदा हुन पुग्छ । संसारका हरेक सचेतजनको मानसपटलमा यस्तै भाव बसेको छ। आखिर कसरी र किन भयो त जापान यस्तो विकशित, सम्पन्न या समृद्धशाली देश ।
जापानमा रहेर बुझ्दा यहाँका मेहनती र इमान्दार जनताकै कारण जापान आज यस्तो सम्पन्न मुलुक बन्न सफल भएको रहेछ। यहाँ खासगरी समयलाई निकै महत्व दिनु नै जापानको प्रगतिको कारणभन्दा पनि हुन्छ। जापानका जनता अनुशासनमा रहनु पनि हरेक प्रगतिको अर्को पाटो भएको अनुभूति हुन्छ ।
टाउको झुकाएर आदर गर्नु, ठूलो सानोको भेदभाव नराख्नु, सधैँ मुहारमा मुस्कान राख्नु, झैझगडा नगर्नु, चर्को स्वरले समेत नबोल्नु यहाँको संस्कार वा संस्कृति नै बनेको छ । जापानमा यात्रा गर्दा कुनैपनि सार्वजनिक साधनमा यात्रु बोलेको होहल्ला गरेको सुन्न पाईंदैन । कसैलाई आफ्नो कारणले समस्या नपरोस् भनेर सबै सचेत रहेका हुन्छन् ।
जापानमा ८० हजारको हाराहारीमा नेपाली रहेका छन्। सुरुमा जापान आउँदा केही अप्ठ्यारो महसुस गर्नु स्वभाविकै हो। तर पछि यहाँको नियम कानुन सबै बुझेपछि निकै सहज हुने गरेको भुक्तभोगी नेपालीहरु बताउँछन्।
लामो समयदेखि जापान रहँदै आएका दाङका दिलबहादुर बस्नेत पैसाको कुरा गर्दा कसैले धेरै कमाउलान् कसैले थोरै कमाउलान् तर समयको महत्व र श्रमको सम्मान बारे बुझेर नेपाल जानेछन् भन्दै आफूले २२ वर्षदेखि जापानलाई कर्मभूमि बनाउँदै आएको बताउँछन् । जापानमा बस्ने नेपालीहरुले कुनै पनि नेपालीको चाडपर्व रीतिरिवाज नबिर्सी मनाउँदै आएको उनी आफ्नो अनुभव सुनाउँछन् । र, आफू मात्र नभई जापानमा रहेका सम्पूर्ण नेपालीहरु सधै नेपाली(मन लिएर बस्ने गरेको देख्दा नेपाली हुनुमा निकै नै गर्व महसुस हुने पनि उनले बताए ।
दिलबहादुर त एक प्रतिनिधि पात्र मात्र हुन् । यहाँ रहेका प्रायः सबै नेपालीको बुझाई अनि धारणा यस्तै नै रहेको पाइन्छ । जापान रही परिश्रम गरेर धन आर्जन गर्नु आफ्नै ठाउँमा छ, यो भन्दा महत्वपूर्ण चाहिँ यहाँका नागरिकबाट समय, अनुशासन, आदर, व्यवहार र परिश्रमको महत्व बुझ्न पाउनु र स्वदेश फर्केर त्यो गुण अवलम्बन गर्ने सोच बनाउन सक्नु नै अमूल्य आर्जन हो

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP