Trending
casino Jak kapitał wpływa na wybór gier w kasynie Vox casino Jak logowanie na Mostbet jest proste dla nowych użytkowników flash सांसद शाहविरुद्ध पक्राउ पुर्जी, आरोप अस्वीकार गर्दै न्यायिक प्रक्रियामा विश्वास flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण

एउटा विद्यालयको अध्यक्ष बन्न ४१ उम्मेदवार, सत्ता र प्रतिपक्ष गठबन्धन बनाएर भिड्दै

फागुन १, २०७६ गुल्मी :

गुल्मीमा विद्यालय ब्यबस्थापन समितिको अध्यक्ष बन्नका लागि ४१ जनाको उम्मेदवारी परेको छ ।  जिल्लाको सत्यवती गाउँपालिका वडा नं तीनमा रहेको धर्मपुर माध्यमिक विद्यालयमा ४१ जनाले उम्मेद्धारी दर्ता गराएको विद्यालयका प्रधानाध्यपक बलबहादुर राहाडीले जानकारी दिए।  राहाडीकाअनुसार सहमतिमा विद्यालय ब्यबस्थापन समितिको गठन गर्नका लागि अधितम पहल गर्दा समेत सहमतिको आधारमा गठन गर्न नसकिएकाले  गाउँपालिकाको कार्यलयमा निर्वाचनका लागि पत्रचार गरेको भन्दै फागुन १० गते निर्वाचनका लागि तयारी गरेको जानकारी दिए।  अध्यक्ष बन्न पूर्वप्रअदेखि राजनीतिक दलका नेताको दौडधुप विद्यालय ब्यबस्थापन समितिको अध्यक्ष बन्नका लागि सोही विद्यालयका पुर्व प्रधानाध्यपक लोकबहादुर रानासहित राजनीतिक दलका स्थानीय नेताहरुको समेत उम्मेदवारी परेको विद्यालयले जनाएको छ। पछिल्लो समयमा विद्यालय ब्यबस्थापन समितिको अध्यक्ष बन्नका लागि राजनीतिक दलहरुले बिशेष चासो देखाएको पाइएको छ। नेपाल कम्युनिष्ट पाटी नेकपाबाट लोकबहादुर राना, काग्रेसको तर्फबाट कुल सिंह त्रामू, नेपाल कम्युनिष्ट पार्टी माओवादी क्रान्तिकारीको तर्फबाट टीका रानालगायत अन्य रहेको पाइएको छ। यस्तै गरी राष्ट्रिय जनमोर्चाको तर्फबाट टेकबहादुर श्रीसको नाम आएको त्यहाँका स्थानीयहरुले जनाउँदै आएका छन्। प्राय सबैले विद्यालयको हकहितको निम्ति केही उल्लेख्य मात्रामा देखिने गरी काम गर्ने आफूहरुको इच्छा रहेको बताउँदै आएका छन्।  राजनीतिक गठबन्धन  अन्तिम चरणमा सत्ता पक्ष र प्रतिपक्षबीचको गठबन्धन बन्न सक्ने देखिएको विद्यालयका प्रधानाध्यापक बलबहादुर राहाडीले बताए। अहिले सम्म ४१ जनाले अध्यक्ष बन्नका लागि चासो देखापनि पछिल्लो समयमा राष्ट्रिय राजनीतिसँगै जोडिएर गठबन्धन हुन सक्ने देखिएको र सोही अनुसार आन्तरिक रुपमा कसरत चलेकाले ४१ जनानै अध्यक्ष पदका लागि निर्वाचनमा नजाने संकेत विद्यालयले पाएको राहाडीले जानकारी दिए। सहमतिको प्रयास जारी : अध्यक्ष ढकाल यता सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले विद्यालयमा राजनीतिक गन्ध नघुसाउनका लागि सहमतीको प्रयास जारी राखेको दाबी गरे। उनका अनुसार स्थानीय स्तरमा विद्यालय ब्यबस्थापन समितिको अध्यक्ष बन्नका लागि ४१ जनाले चासो देखाउनु राम्रो विषय भएको भन्दै  त्यसको आधारमा राजनीति गर्न नहुने बताए। सहमतिका लागि गाउँपालिकाले हरदम प्रयास गरेको भन्दै सहमतिय आधारमा बन्न नसके निर्वाचन बाहेको बिकल्प नरहेको जानकारी दिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP