Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

रोनाल्डोको गोलले मान्यता पाएन

भदौ ८ । स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले खेलको अन्तिम मिनेटमा गरेको गोलले मान्यता नपाएसँगै युभेन्ट्सको इटालियन सिरी ‘ए’ मा सुखद सुरुआत गर्ने लक्ष्यले आइतबार पूर्णता पाउन सकेन। इटालियन सिरी ‘ए’ अन्तर्गत आइतबार भएको खेलमा युभेन्ट्स युडिनेसीसँग २–२ को बराबरीमा रोकिएको हो।

प्रशिक्षक मासिमिलियानो एलेग्रीले रोनाल्डोलाई सुरुआती ११ मा स्थान दिएका थिएनन्। पछिल्लो केही दिन यता रोनाल्डो रियाल मड्रिड फर्कन लागेको खबर सार्वजनिक भइरहे पनि स्वयम् रोनाल्डो र एलेग्रीले तथ्यहीन खबरको पछि नलाग्न आग्रह गरेका थिए। एलेग्रीले रोनाल्डोलाई समावेश गर्दै आफूले टोली रणनीति तयार पारेकाले भ्रममा नपर्नसमेत आग्रह गरेका थिए।

‘क्रिस्टियानो रोनाल्डो टोलीका सधैं प्रमुख खेलाडी हुन्। आज सिजनको पहिलो खेल थियो। त्यसैले मैले रोनाल्डोलाई सुरुआती ११ मा समावेश नगरेको हुँ,’ एलेग्रीले भने, ‘उनी वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरे। उनकै गोलमा टोली स्पष्ट ३ अंकका साथ सुखद सुरुआतको संघारमा पुगे पनि हामी त्यसमा सफल भने हुन सकेनौं।’

पहिलो हाफमा पाउलो डिबाला र हुवाँ क्वाडार्डोको समान एक गोलमा युभेन्ट्सले पहिलो हाफमै २–० को अग्रता लिएको थियो। तेस्रो मिनेटमा डिबालाको गोलमा अग्रता लिएको युभेन्ट्सको अग्रता २३औ मिनेटमा क्वाडार्डोले दोब्बर पारेका थिए।

तर दोस्रो हाफमा गोलकिपर वाइजे स्चिन्सेको दुई गम्भीर गल्तीमा युडिनेसी खेलमा फर्किएको थियो। ५१औं मिनेटमा रोबेर्टो पिइरेराले गरेको पेनाल्टीको सदुपयोग गर्दैै युडिनेसीलाई खेलमा फर्काउने संकेत गरेका थिए। स्चिन्सेले तोलगे आर्सलानलाई लडाएपछि युडिनेसीले खेलमा पेनाल्टीको अवसर प्राप्त गरेको थियो।

८३औँ मिनेटमा जेरार्ड डेउलुफुले स्चिन्सेकै गल्तीको फाइदा उठाउँदै युडिनेसीलाई खेलका फर्काएका थिए। इन्जुरी समयको चौथो मिनेटमा रोनाल्डोले हेडर गोलमार्फत युभेन्ट्सलाई अग्रता दिलाउँदै स्पष्ट ३ अंकको संघारमा पुर्‍याएका थिए। तर भिडियो सहायक रेफ्री ९भिएआर०ले अफसाइड भन्दै सो गोलले मान्यता पाएन।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP