Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

चीनमा व्यापार गर्ने नेपाली व्यापारी २ वर्षदेखि बेरोजगार

भदौ १७ । चीनको तिब्बत क्षेत्रलाई आधार बनाएर व्यापार गर्ने नेपाली व्यापारीहरू करीब २ वर्षदेखि बेरोजगार भएका छन् । कोरोना महामारीका कारण चीनले नेपाली व्यापारीहरूलाई आफ्नो मुलुकमा प्रवेश गर्न र नेपाली सामानलाई समेत चीन निर्यातमा रोक लगाएपछि चीनको तिब्बत क्षेत्रमा सामान निर्यात गर्ने र त्यहाँ बसेर व्यापार गर्दै आएका नेपाली व्यापारीहरू २ वर्षदेखि बेरोजगार बन्न पुगेका हुन् ।

नेपालमा कोरोनाको संक्रमणदर अझे पनि बढिरहेकाले चीन सरकारले आफ्ना नागरिकलाई कोरोनाको संक्रमणबाट जोगाउन नेपाली व्यापारीहरूलाई आफ्नो मुलुकमा प्रवेश गर्न रोक लगाएको हुन सक्ने व्यापारीहरू बताउँछन् । मुख्यगरी नेपालबाट चीनको तिब्बत क्षेत्रमा वनस्पति घ्यू, छुर्पी, मैदा, बेसार, चाउचाउ, चिउरालगायत खाद्य वस्तुसहित नेपााली टुथपेस्ट, अम्लिसोको कुचो, कस्मेटिक सामान र हस्तकलाका सामग्री निर्यात हुने गर्छ । यद्यपि कोरोना महामारीपश्चात् यस्ता वस्तुको निर्यात ठप्प भएको छ ।

नेपाल चाइना केरुङ व्यापारसंघका महासचिव मुकुन्द पौडेलका अनुसार महामारीका कारण व्यापार ठप्प भएपछि तिब्बत क्षेत्रलाई आधार बनाएर व्यापार गर्ने करीब ५ हजारभन्दा बढी कामदार र व्यापारी बेरोजगार भएका छन् । वार्षिक अर्बौं रुपैयाँको कारोबार हुने व्यापार बन्द भएपछि व्यापारीहरू समस्यामा परेको उनले बताए । व्यापार ठप्प भएर घरमा बस्नुपर्ने अवस्था आएपछि अधिकांश नेपाली व्यापारीहरूले महामारी भन्दा पहिले नै आफूले बेचेको सामानको लाखौं रुपैयाँ उठाउन नपाएको उनले सुनाए ।

एकातिर सहज रूपमा नाका सुचारु हुन नसक्नु र अर्कातर्फ नेपाली आयातकर्ता तथा निर्यातकर्ता व्यापारी र तिब्बतमा नै बसेर व्यापार गर्ने कोही पनि नेपाली व्यापारी चीन प्रवेश गर्न नपाउनुले व्यापारीहरूको समस्या बढेको हो । आयातकर्ता व्यापारीहरूले अनलाइनमार्फत सामानको अर्डर गरेर नेपाली बजारमा ल्याएर बेच्न पाइहरेका छन् । तर, चीन सरकारले नेपाली व्यापारीको प्रवेशमा मात्र होइन, नेपाली उत्पादन नै चीन प्रवेशमा रोक लगाइदिएपछि निर्यातकर्ता व्यापारीहरू बेरोजगार बस्नु परेको हो ।

यसअघि चीन सरकारले ७६ सालको असोजदेखि नै भाषागत समस्या भएको भन्दै नेपालबाट चीनतर्फ निर्यात हुने खाद्यान्नलगायत सामानमा चिनियाँ भाषामा नै लेबलिङ र स्टीकर राख्न सुझाव दिएको थियो । त्यस बेलादेखि नै निर्यातकर्ताहरूलाई सामान निर्यात गर्न समस्या भइरहेको थियो । यसमा नेपाल सरकारले कुनै पनि पहल नगर्दा समस्या झनै बढ्दै गएको व्यापारीहरूले बताउँदै आएका छन् । आजको आर्थिक अभियान दैनिकमा प्रशान्त खड्काले खवर लेखेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP