Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

देशकै पहिलो रेलवेको अस्तित्व समाप्त हुँदै

मकवानपुर  ।

नेपालकै पहिलो रेलमार्ग ‘अमलेखगञ्ज–रक्सौल रेलवे’ यति बेला जीर्ण अवस्थामा छ । उक्त रेलमार्गको लिक हराइसकेको छ भने अमलेखगञ्जमा रहेका भौतिक संरचनाको अस्तित्व लगभग समाप्त हुने अवस्थामा पुगेको छ ।

नेपालमा पहिलो पटक तत्कालीन श्री ३ चन्द्र शमशेर जबराको पालामा विक्रम संवत् १९८३ (सन् १९२७) मा भारतको रक्सौलबाट बाराको अमलेखगञ्जसम्म रेल सेवा सुरु भएको इतिहास छ । ३९ वर्षसम्म निरन्तर सञ्चालनमा रहेको रेलवे यति बेला एउटा भग्नावशेषमा सीमित छ । २०२२ सालसम्म सञ्चालन भएको सो रेल सेवा बन्द भएको हाल ५६ वर्ष पुगेको छ । अमलेखगञ्ज–रक्सौल रेल सेवा तत्कालीन समयमा ‘नेपाल गभर्मेन्ट रेलवे’ (एनजीआर) को नामबाट सञ्चालनमा थियो ।

रेल सेवा सञ्चालन हुँदा अमलेखगञ्जमा निर्माण भएका संरचनाहरू अहिले जीर्ण हुँदै गएका छन् । रेल सेवाका टिकट घरबाहेक अन्य संरचना अहिले मासिएको छ । २५ मिटर सडक क्षेत्रमा परेपछि रेलवेको गोदाम घरको आधा भाग भत्काइएको छ भने आधा भागमा व्यापारिक सटर निर्माण गर्ने कार्य भइरहेको छ । रेलवे लिकमाथि अस्तव्यस्त रूपमा निजी घर बनेका छन् ।

अमलेखगञ्जबाट रक्सौलसम्म कुल ७२ बिघा र रेलवेको टिकट घर, क्वाटरको भौतिक संरचना निर्माण भएको जितपुर सिमरा उपमहानगरपालिका–२१ स्थित सो रेलवेको प्रशासनिक भवनले करिब २२ बिघा क्षेत्रफल ओगटेको छ । रेलवेको अधिकांश क्षेत्रमा हाल बस्ती बसेको छ ।

रेलमा पानी भर्ने र इञ्जिन घुमाउने स्थानमा अहिले गुम्बा निर्माण गरिएको छ भने टिकट काउन्टर रहेको भवनमा स्थानीयवासीले सिलाई बुनाईका स्टल तथा व्यवसाय सञ्चालन गरिरहेका छन् ।

अध्ययन र अनुसन्धानका लागि महत्त्वपूर्ण रहेको सो रेलवेको क्वाटरहरुमा स्थानीयहरूले निजी घर निर्माण गरेका छन् । स्थानीय तह, प्रदेश सरकारको बेवास्ताका कारण ती संरचनाको अस्तित्व लगभग समाप्त हुने अवस्थामा पुगेको छ ।

अमलेखगञ्ज–रक्सौल रेलवे सेवाले २०२० सालसम्म यात्री बोक्ने गरेको थियो भने २०२२ सालसम्म मालसामान आयात तथा निर्यात हुने गरेको थियो । सो रेल सेवाले अमलेखगञ्जलाई दक्षिणमा भारतको सीमा पार रक्सौलसँग जोडेको थियो । सो रेलवेको लिक २ फिट ६ इन्च (७६२ मि.मि.) छ भने ४७ किमी लामो थियो ।

बाफबाट चल्ने इन्जिन भएको उक्त रेल सेवाको नेपालमा अन्तिम बिन्दु (स्टेशन) अम्लेखगञ्जमा थियो । भारत तथा तेस्रो मुलुकबाट आयात गर्नुपर्ने मालसामान रेलमा आउने गर्दथ्यो र ती सामान राख्ने ठूलाठूला गोदाम घरसमेत थिए ।

मुलुकमा विभिन्न समयमा राजनीतिक परिवर्तन भए तर कुनै पनि व्यवस्थाले सो रेलवेको संरक्षण र जिर्णोद्वारमा पहल गरेन । मुलुक संघीयतामा गएपछि स्थानीय तहहरूलाई अधिकार प्रत्यायोजन गरी जननिर्वाचित प्रतिनिधिहरूले कार्यभार सम्हालेको करिब साढे ४ वर्ष भइसकेको छ । यद्यपि सो रेलवेका भग्नावशेषले संरक्षणको अभाव खेपिरहेको छ ।

रेलवेको छेवैमा वडा कार्यालय पनि छ । दैलो अगाडि नै रेलवेका खण्डहर रहे पनि जनप्रतिनिधिले संरक्षणतर्फ खासै ध्यान दिन सकेको देखिँदैन । जितपुर सिमरा उपमहानगरपालिकाका मेयर कृष्ण पौडेलले एउटा महत्त्वपूर्ण इतिहास बोकेको सो रेलवेको संरक्षणका बारेमा हालसम्म पहल हुन नसकेको स्वीकार गरे ।

सबै क्षेत्रको संरक्षण स्थानीय तहले मात्र गर्न नसक्ने भन्दै उनले प्रदेश सरकार र संघीय सरकारको चासो नभएसम्म स्थानीय तहको एकल प्रयासले केही गर्न नसकिने बताए । सो क्षेत्रमा रेलवेको जग्गा स्वामित्वको समेत विवाद कायमै रहेकाले स्थानीय सरकारले पनि संरक्षणको पहल गर्ने अवस्था नरहेको उनको भनाइ छ ।

‘सो क्षेत्रमा भू–स्वामित्वको समस्या सबैभन्दा चुनौतीको विषय हो, स्थानीय सरकारले समाधान गर्न सक्ने अवस्था छैन, सबै क्षेत्रमा स्थानीय तहले हेर्न भ्याउँदैन,’ उनले भने ।

आफ्नो क्षेत्रमा रहेका कारण सो रेलवेको संरक्षण र रेखदेखको जिम्मेवारी भने वडा कार्यालयलाई दिएको उनको भनाइ छ । तर, रेलवेको जीर्णोद्धारका बारेमा भने कुनै योजना नरहेको उनले बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP