Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

प्रदेश सरकारबाट विनियोजित सञ्चार बजेटको भ्रमपूर्ण समाचार प्रति बुद्ध दर्पणको ध्यानाकर्षण

कपिलवस्तु । चालु आर्थिक बर्ष २०७८/०७९ को बजेट मार्फत प्रदेश सरकारबाट विनियोजित बजेट प्रति लक्षित गर्दै केही सञ्चार माध्यमबाट भ्रमपूर्ण रुपमा प्रकाशित समाचार प्रति बुद्ध दर्पण राष्ट्रिय दैनिकले गम्भीर ध्यानाकृष्ट भएको जनाएको छ । पत्रिकाको भवन निर्माणका निम्ति विनियोजित बजेट प्रदेश सभा सदस्यको विशेष पहलमा विनियोजन भएको स्पष्ट पार्दै एक विज्ञप्ति जारी गरी उक्त समाचार भ्रमपुर्ण भएको उल्लेख गरिएको छ । 

विज्ञप्तिमा मोफसलको पत्रकारिताको विकासमा निरन्तर क्रियाशील बुद्ध दर्पण राष्ट्रिय दैनिक पत्रिकाको सञ्चार गृह निर्माणका लागि आ.व. २०७८।०७९ को बजेट मार्फत प्रदेश सरकारबाट विनियोजित बजेट प्रति लक्षित गर्दै केही सञ्चार माध्यमबाट भ्रमपूर्ण रुपमा प्रकाशित समाचार प्रति हाम्रो गम्भीर ध्यानाकृष्ट भएको छ ।

बुद्ध दर्पण राष्ट्रिय दैनिक पत्रिकाको भवन निर्माणका निम्ति विनियोजित बजेट प्रदेश सभा सदस्यज्यूको विशेष पहलमा विनियोजन भएको स्पष्ट पार्दछौं भनिएको छ । त्यस्तै बजेट विनियोजनमा पत्रकार महासंघ लुम्बिनी प्रदेशको कुनै भूमिका नरहेको स्पष्ट पार्दै पत्रकार महासंघका प्रदेश अध्यक्ष बसन्त गिरी बुद्ध दर्पण राष्ट्रिय दैनिक पत्रिकामा श्रमजीवी पत्रकार सम्बन्धि ऐन २०५१ संशोधन सहित को दफा ३ क बमोजिम कर्मचारीको भूमिकामा प्रधान सम्पादक रहनु भएको जानकारी गराइएको छ ।

मोफसलका पत्र पत्रिकाको संस्थागत विकासका निम्ति बजेट बिनियोजन हुनु विषय आफैमा सुखद् विषय हो । तर विडम्बना आफुलाई जिम्मेवार सञ्चार माध्यम ठान्नेहरु नै मोफसलका सञ्चार गृहको संस्थागत विकास प्रति अनुदार तथा सङ्कीर्ण देखिनु निकै दुःखद् विषय रहेको समेत उल्लेख छ । पत्र पत्रिकाको संस्थागत विकासमा माननीयले खेलेको भूमिका प्रति धन्यवाद ज्ञापन गर्दै मोफसलका पत्र पत्रिकाको संस्थागत विकास प्रति प्रदेश सरकारको भूमिका निरन्तर सकारात्मक रहने विश्वास व्यक्त गर्दछौं भनी पत्रीकाका प्रबन्ध निर्देशक लक्ष्मण बेल्बासेको हस्ताक्षरमा उक्त विज्ञप्ति जारी गरिएको छ । साथै भवन वनाउन विनियोजन भएको वजेट भन्दा डवल वजेट र २ फरक शिर्षक उल्लेख गर्नू आफैमा झूट पत्रकारी हो भन्दै सवैलाई  स्पष्ट पारीएको छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP