Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

जन्मदिनको अवसरमा पोख्रेलद्वारा एक विपन्न परिवारकी बालिकालाई छात्रवृत्ति

कपिलवस्तु– रोट्रटयाक्ट क्लब अफ कपिलवस्तुका प्रेसिडेन्ट होतराज पोख्रेल (शिशिर) ले आफनो जन्मदिनको अवसरमा अति विपन्न परिवारकी एक विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्नु भएको छ । उहाँले बुधवार परेको २८ औैैं जन्मदिनको अवसरमा कपिलवस्तुको शिवराज ८ देवीपुरमा रहेको दुर्गा आधारभुत विद्यालयमा कक्षा ३ मा अध्ययनरत कल्पना पासीलाई छात्रावृत्ति वितरण गर्नु भएको हो ।

बुधवारका दिनदेखि कक्षा १० सम्मको पढाईलेखाईका लागि शैक्षिक सामग्री, पाठयपुस्तक, विद्यालय पोसाक लगायत सबै प्रकारका शैक्षिक, सामग्री शैक्षिक खर्च उपलब्ध गराउने प्रेसिडेन्ट पोख्रेलले प्रतिबद्धता जनाउनुभयो । विद्यार्थीलाई अध्ययन गर्ने क्रममा आर्थिक अभावका कारण कुनै पनि विद्यार्थीहरुले बीचमै पढाइ छोड्न नपरोस, आर्थिक अवस्थाका कारण कुनै पनि विद्यार्थी शिक्षाबाट वञ्चित हुन नपरोस् आगामी जन्मदिनमा पनि यस्तै आर्थिक अवस्था कमजोर भै अध्ययनलाई बीचमा छाड्न सक्ने पढाइलाई निरन्तरता दिन नसकेका विद्यार्थीलाई आफ्नो क्षमताले भ्याएसम्म सहयोग गर्ने प्रतिबद्दता व्यक्त गर्नुभयो ।

उक्त विद्यार्थीका अभिभावक बाबु ब्लड क्यान्सर र दाजु पनि अपांग र घरको आर्थिक स्थिति अति कमजोर भएकोले उनलाई अध्ययनमा असर नपरोस भन्दै आफुले यो कदम चालेको बताउनुभयो । उहाँले यो भन्दा पहिले पनि नेपाल आदर्शमा अध्ययनरत अति विपन्न र जेहेन्दार एक विध्यार्थीलाई अध्ययनको लागि सहयोग गर्नु भएको थियो ।

उहाँले बुधवार पनि विभिन्न शैक्षिक सामग्री प्रदान गर्नु भएको थियो ।शैक्षिक सामग्री पाएपछि उनले खुसी ब्यक्त गरीन । छात्रावृत्ति वितरण कार्यक्रममा शिवराज नगरपालिका कार्यपालिका सदस्य निर्मला सुनार, दुर्गा आधारभुत विद्यालय विसनपुरका प्रधानाध्यापक शारदा पोख्रेल, अन्य शिक्षक लगायतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP