
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन ( क्रान्तिकारी ) कपिलबस्तुको सँगठन विस्तार एवम सुदृढीकरण अभियानलाई तिव्रता दिएको छ । अन्तर्गत आईतवार शुद्धोधन गाउँपालिका अन्तर्गत रहेको श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालयमा प्रशिक्षण सँगसँगै ईकाई कमिटी गठन गरिएको छ । कार्यक्रममा शुद्धोधन गाउँ कमिटीका अध्यक्ष गोरखनाथ यादवको अध्यक्षता , जिल्ला अध्यक्ष हरिश चन्द्र खनालको प्रमुख आतिथ्यता रहेको थियो ।
नरेन्द्र धोविको अध्यक्षतामा २७ सदस्यीय कमिटी गठन गरिएको छ । जसको उपाध्यक्ष गिता चाई, सचिव सुनिल यादव, कोषाध्यक्ष पुजा धोवि ,सहसचिव साधना कुर्सी ,सह सचिव दिनेश यादव रहेका छन । कार्यक्रममा कक्षा ११÷१२ मा अध्ययनरत विद्यार्थीलाई समसामयिक देशको वर्तमान राजनैतिक अवस्था, नेपालको राजनितिमा विद्यार्थीको भुमिका , सँबैधानिक रुपमा प्राप्त विद्यार्थीको हक अधिकार, सँगठनिक ईतिहास र सँगठनको आगामि कार्ययोजना लगायतका विषय बस्तुहरुमाथि जिल्ला अध्यक्ष हरिश चन्द्र खनालले प्रकाश पार्नुभयो ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया