Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

पौडेलको खोजि गर्न कुकुर परिचालन

राम अवतार चाैधरी, कपिलवस्तु । विगत केही दिन देखि बेपत्ता रेहेका विक्रम पौडेलको खोजिकार्य गर्न तालिम प्राप्त कुकुर परिचालन गरिएकाे छ । जिल्लाको शिवराज नगरपालिका-५, चन्द्राैटा निवासी ३३ वर्षिय पौडेलको हाल सम्म पनि पत्ता नलागेपछि कुकुर परिचालन गरिएको बताइएको छ ।

लगातार ४ दिन देखि प्रहरी प्रशासन र स्थानिय लगायतले खोजि कार्य गर्दा समेत नभेटिए पछि बेपत्ता पौडेलको खोजीमा तालिम प्राप्त कुकुर सहितकाे प्रहरी टोली परिचालन गरेर खोजिकार्य अगाडि बढाइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख शंकर आचार्यले बताए ।

कर्णाली प्रदेश प्रहरी मातहत रहेको एउटा तालिम प्राप्त कुकुर सहित मंगलबार देखि प्रहरी खोजीकार्यमा जुटेकाे प्रमुख आचार्यले जानकारी दिए । चार दिन बित्दा समेत बेपत्ता पाैडेल नभेटिए पछि प्रदेश मुकामबाट तालिम प्राप्त कुकुर सहितको प्रहरी टोली झिकाएर परिचालन गर्न थालिएको समेत आचार्यले जनाए ।

परिवारजनको निवेदनपछि जिल्ला प्रहरी कार्यालयले पनि बेपत्ता पौडेलको खाेजतलास जारी रहेकाे जनाइएको छ । बेपत्ता पौडेलले सवार गरेको मोटरसाइकल शनिबार बिहान बुद्धभूमि नगरपालिका-९, स्थित बेल नदी नजिकै बेवारिसे अवस्थामा फेला परेको थियो ।

मोटरसाइकल फेला परेपछि उनको खोजतलासलाई तिब्रता दिँदा आइतबार बिहान माेबाईल समेत बेल नदि नजिकै भेटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP