Trending
अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन खेल पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल समाज धनुषामा बस दुर्घटना हुँदा १७ यात्रु घाइते

शिवराजमा खेल महोत्सवको तयारी पुरा,भोली उद्धघाटन हुने

कपिलवस्तुको शिवराज नगरपालिकामा खेल महोत्सवको तयारी पुरा भएको छ । भोली पुस १ गते १२ बजे राष्ट्रिय मावि खेल मैदानमा उद्धघाटन हुने नगरपालिकाले जनाएको छ ।
खेल महोत्सवमा विद्यालय स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता, मेयर कप र उप मेयर कप शीर्षकमा विभिन्न खेलकुद प्रतिस्पर्धा हुने शिक्षा तथा खेलकुद शाखा प्रमुख लोकराज पन्थीले बताउनुभयो । राष्ट्रपति रनिङ्ग शिल्ड तर्फ ५ विधामा अन्तर्गत भलिबल,एथलेटिक्स,कराते,उसु कपर्दी खेल प्रतियोगिता हुने पन्थीले बताउनुभयो । त्यस्तै मेयर कप तर्फ फुटबल,क्रिकेट र भलिबल उपमेयर कप तर्फ फुटबल,भलिबल र कराते प्रतियोगिता हुने जनाइएको छ ।
खेलमा १५ सय बढी विद्यार्थी खेलाडी सहभागी हुने शिवराज नगर खेलकुद विकास समितिका संयोजक नेत्र बेल्वासेले बताउनुभयो । विगतका वर्षमा क्लब स्तरीय प्रतियोगिता हुने गरेको र यस वर्ष भने वडा स्तरीय प्रतियोगिता गराई त्यस वाट उत्कृष्ट समूह तयार गर्ने नगरको योजना रहेको बेल्वासेले बताउनुभयो । ९ दिन सम्म चल्ने उक्त महोत्सवलाई सफल र व्यवस्थित बनाउन सबै नगरवासी सरोकारवालाहरूले सहयोग गर्न बेल्वासेले आग्रह गर्नुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP