
माधव बेल्वासे
चन्द्रौटा,१३ पुष
सरकारले उखुको मूल्य निर्धारणमा ढिलाइ गरेपछि सस्तो मूल्यमा किसानहरूले उखु बेच्न बाध्य रहेका छन् । उखु निकालेर अन्य वालि लगाउनुपर्ने बेला हुँदा सम्म पनि मूल्य नतोकिएपछि कपिलवस्तुका किसानहरूले उखु काट्न थालेको छन् ।
चिनी मिल नजिकै नहुँदा र उखु क्रसरहरुले उखुको कम मूल्यमा खरिद गर्दा किसानहरूलाई मर्का परेको छ । गत वर्ष सरकारले प्रति क्युन्टल ५३६ मूल्य तोके पनि यस वर्ष पनि क्रसरहरुले ३ सय देखि ४ सय सम्ममा मात्र खरिद गर्ने गरेको छन् ।
उखु किसानहरू प्रत्येक वर्ष मर्कामा पर्ने गरेको कपिलवस्तु उखु किसान सङ्घका अध्यक्ष अनुप कुमार चौधरीले बताउनुभयो । ‘सरकारले यस वर्ष अहिले सम्म मूल्य तोकेको छैन, क्रसरहरुले मनोमानी रूपमा उखु खरिद गरेका छन्’ चौधरीले भन्नुभयो, ‘क्रसरलाई नदिने हो भने विक्री नै हुँदैन कि भन्ने किसानहरूमा डर छ, ।’ उखु बेच्न थाले महिना दिन बितिसक्दा सम्म पनि सरकारले मूल्य तोक्न कुनै चासो नदिएको चौधरीको गुनासो छ ।
शिवराज नगरपालिका वडा न ६ मा रहेको महेश गुड उद्योगले अहिले ४ सय प्रति क्युन्टलमा उखु खरिद गरिरहेको छ । सस्तो मूल्यमा बिक्री गर्दा लागत पनि नउठ्ने भएकोले उखु किसानहरूलाई सरकारले प्रत्येक वर्ष बेवास्ता गरेको स्थानीय ओम प्रकाश कुर्मीले बताउनुभयो । उखु क्रसरहरुले प्रतिक्युन्टल ५ किलो जिउना कट्नी गर्दा किसानहरू थप मारमा परेको कुर्मीको भनाई छ ।
कपिलवस्तुमा रहेको चिनी मिल सरेपछि जिल्ला किसानहरूले नवलपरासीमा रहेको लुम्बिनी चिनी मिललाई उखु बेच्दै आएका थिए ।गत वर्ष भन्दा यस वर्ष जिल्लामा उखुको उत्पादन बढेको सङ्घका अध्यक्ष चौधरीले बताउनुभयो । यस वर्ष ५ लाख क्युन्टल उखु उत्पादन हुने अनुमान रहेको छ । अध्यक्ष चौधरीको पहलमा लुम्बिनी चिनीमा विक्रीको लागि शिवराज नगरपालिका ७ निविहवा र विजयनगर ३ जगदीशपुरमा नाप तौल काटा राख्ने तयारी भएको बताइएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया