Trending
अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन खेल पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल समाज धनुषामा बस दुर्घटना हुँदा १७ यात्रु घाइते

एमाले समाप्त हुने प्रक्रिया सुरु भयो : नेता चौधरी


माधव बेल्वासे
चन्द्रौटा,१८ पुष

नेकपा एकीकृत समाजवादी पार्टीका प्रभावशाली नेता मेटमणि चौधरीले एमाले पार्टी समाप्त हुने प्रक्रिया सुरु भएको बताउनुभयो । दैनिक जसो एमाले नेता कार्यक्रताहरु पाटी छोडिरहेको भन्दै अबको केही समयमै एमाले समाप्त भएर जाने ठोकुवा गर्नुभयो ।
कपिलवस्तुको शिवराज नगर कमिटीले आयोजना गरेको पाटी प्रवेश कार्यक्रममा वोल्दै नेता चौधरीले मुलुकको नेतृत्व अब एकीकृत समाजवादीले मात्र गर्न सक्ने बताउनुभयो । देशमा रहेका कम्युनिस्टहरूको नेतृत्व एकीकृत समाजवादीले गर्ने भन्दै अब कुनै शङ्का नगर्न आग्रह गर्नुभयो ।


प्रतिनिधि सभा सदस्य समेत रहनुभएको चौधरीले एमालेका कुशल कार्यक्रताहरुलाई ओलीको दाश भएर बस्न नहुने भन्दै समाजवादीमा आउन आग्रह गर्नुभयो । देशका तीन वटा प्रदेशको नेतृत्व समाजवादीले गरिरहेको भन्दै निर्वाचन पश्चात् ठुलो दल बन्ने दाबी गर्नुभयो ।
कपिलवस्तुका जिल्ला इन्चार्ज क्षेत्र बहादुर खत्रीले कपिलवस्तुमा एकीकृत समाजवादीलाई बलियो बनाउन सबै कार्यक्रताहरु लाग्नुपर्ने बताउनुभयो । जिल्लाका सबै पालिकाहरू तथा वडाहरू पनि कमिटी विस्तार गरेको भन्दै अब निर्वाचन लक्षित कामहरू गर्नुपर्नेमा जोड दिनुभयो ।एकीकृत समाजवादीका दाङ जिल्ला अध्यक्ष सुरामणि बेल्वासेले असल ईमान्दार नेता कार्यक्रताहरु एकीकृत समाजवादीमा प्रवेश गरेको बताउनुभयो ।

एमालेमा लामो सर्घष र पाटी निर्माणमा महत्पूर्ण योगदान गरेका नेताहरूले एकीकृत समाजवादी पार्टीको नेतृत्व गरेकोले अबको केही महिनामा शक्तिशाली पार्टी हुने जिकिर गर्नुभयो ।
पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटी सदस्य जीत बहादुर रावत,शिवराजका प्रभावशाली नेता जगतमान केसी,नेपाली काँग्रेसका युवा नेता डिलाराम भुसाल,शिवराज १० का स्वतन्त्र वडा सदस्य नैनामित चमार लगायत १५० जना एकीकृत समाजवादीमा प्रवेश गरेको नगर कमिटी अध्यक्ष सरोज पौडेलले बताउनुभयो । कार्यक्रममा एकीकृत समाजवादीका केन्द्रिय सदस्य मिना परियार,प्रदेश सदस्य एमवि हसन,जिवलाल पौडेल जिल्ला अध्यक्ष लंका हमाल लगाएतको सहभागिता रहेको थियो ।

कपिलवस्तुका प्रभावशाली नेता केसी एकीकृत समाजवादी

कपिलवस्तुका प्रभावशाली नेता जगतमान केसी एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको छ । लामो समय देखि कम्युनिस्ट आन्दोलनमा रहेका काम गर्नुभएका केसी समाजवादीमा प्रवेश गरेसँगै राजनीतिको मोड फेरिएको छ ।
नेकपा रहँदा जिल्ला सदस्य भएर काम गर्नुभएका केसी पार्टी छुट्टीएसगै राजनीतिमा निष्क्रिय भएको देखिएको थियो । आइतबार शिवराज नगर कमिटीले आयोजना गरेको पाटी प्रवेश कार्यक्रममा उहाँलाई सांसद मेटमणि चौधरीले प्रवेश गराउनुभएको हो ।


शिवराज क्षेत्र सँगै जिल्ला भर राम्रो प्रभाव रहेका नेताको रूपमा परिचित केसीले एकीकृत समाजवादीमा पार्टीले लिएको कार्यनीति कार्यदिशा राजनीतिक दृष्किोण र देश र जनताको हितमा काम गर्ने पाटीको रूपमा देखिएपछि प्रवेश गरेको प्रतिक्रिया दिनुभयो । पाटीले लिएका दिर्घकालिन नीति सँग आबद्ध रहेर कुशलता पूर्व जिम्मेवारी पुरा गर्ने केसीले बताउनुभयो । लामो समय देखि सामाजिक काममा संलग्न केसी सहित १५० बढी एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP