Trending
अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन खेल पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल समाज धनुषामा बस दुर्घटना हुँदा १७ यात्रु घाइते

शीतलहर र लागु पदार्थ सम्बन्धि जनचेतना सामुदायिक माध्यमिक विद्यालयका बिद्यार्थीहरुलाई प्रशिक्षण

कपिलवस्तु, पौष १८

शीत लहर : तराईका जिल्लाहरुमा शीतलहर सुरु भएको छ । चिसो बढेसँगै त्यसको मारमा विशेष गरी बालबालिका, वृद्धवृद्धा र दीर्घ रोगी परेका छन् ।तराईका विभिन्न भागमा विशेष गरी पुस र माघ महिनामा आकाशलाई दिनभरि नै कुहिरोले ढाक्ने र घाम नलाग्ने हुँदा आकाशबाट अत्यन्त चिसो शीत खस्छ। यसरी चिसो बतास (हावा) चल्ने अवस्थालाई शीतलहरको प्राकृतिक प्रकोप हो भन्दै सशस्त्र प्रहरीका निरिक्षक धनन्जय के.सी.ले प्रशिक्षित गरेका हुन्। प्रभावित क्षेत्रमा बिहानदेखि बेलुकीसम्म हप्तौं वायुमण्डलको तल्लो सतहलाई बाक्लो हुस्सुले ढाक्नाले घाम नलाग्ने हुँदा तापक्रम ह्वात्तै तल झर्ने हुनाले चिसो बढी हुन्छ। यसरी अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएको देखिन्छ । हुस्सु र चिसो हावाका कारण अधिकांश मानिस घर बाहिर निस्कन खोज्दैनन् । शीतलहरका प्रभावले गर्दा बिद्यालय लगायत बिभिन्न क्षेत्र सुनसान बन्दै गएको पनि उदाहरण सहित बिद्यार्थीहरु प्रशिक्षण गरेका हुन् ।

यस बिपद बाट बच्न निम्न उपायहरू बिद्यार्थीहरुलाई बताइएको छ:

– शीतलहरका बेला घरबाहिर हिँडडुल नगर्ने

– बासी सडेगलेका खानेकुरा नखाने

– कोठाका झ्यालढोका खुला नराखी न्यानो बनाउने

– बाक्लो तथा न्याना लुगा लगाउने

– पोषिलो खानेकुरा खाने

– ताजा फलफूल र सागपात खाने

– दूध, मह, सुप सेवन प्रशस्त गर्ने

– मनतातो पानी पिउने

– धुलोधुवाँ र चिसोबाट बच्ने लागु पदार्थ:

लागु पदार्थ सेवन तथा प्रयोगले व्यक्तिको मानसिक स्थिति तथा शारिरीक स्थितिमा परिवर्तन देखाउछ। यसलाई नशा पनि भन्ने गरिन्छ। लागु पदार्थको प्रयोगबाट निस्कने परिणाम निकै नै डरलाग्दो हुन्छ। यसले व्यक्ति स्वयंलाई मात्र नभएर, परिवार, समाज, राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमै खतरापूर्ण समस्या पैदा गरेको पाइन्छ। जीवनलाई कर्तव्य र आनन्दको संगम ठान्न नसक्दा मानिस अनौठो विकृतिको खाडलमा भासिन पुग्छ । यसरी राष्ट्र निर्माणमा संलग्न हुनुपर्ने युवा शक्ति नै यस्ता दुव्यर्सनको सिकार बन्नु राष्ट्र तथा समाजका लागि ज्यादै घातक बन्न पुगेको छ । गलत आहारविहार र संस्कारले गलत संस्कृतिलाई जन्म दिन्छ र गलत संस्कृतिले हाम्रो प्रतिष्ठालाई खतम पारी राष्ट्रलाई नै एकदमै खोक्रो बनाएको पाइन्छ। अब यी युवा शक्तिले आँट गरे मात्र लागू पदार्थ दुव्यर्सनको न्यूनीकरण गर्न सकिन्छ । हामिले आफु बाटै सकारात्मक सोचको विकास गरी दुर्व्यसनी बाट बच्नु र बचाउनु पर्छ भन्दै बिद्यार्थीहरु लाई सुझाव दिएका छन्। उक्त कार्यक्रम सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश बिशुनपुर कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक धनन्जय के.सी. र नेपाल प्रहरी चौकी बिसनपुर प्रमुख प्र.ह. खेम बहादुर के.सी.को संयुक्त उपास्थितिमा कार्यक्रम सञ्चालन गरिएको हो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP