Trending
अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन खेल पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल समाज धनुषामा बस दुर्घटना हुँदा १७ यात्रु घाइते

एकिकृत सुरही सामुदायिक वनको साधारण सभा सम्पन्न


कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १ मा रहेको एकिकृत सुरही सामुदायिक वन उपभोक्ता समितिको आठौं साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा सामुदायिक वनले आफ्नो स्थापना देखि बन संरक्षण र वन पैदावारको उपयोगले समुदायको शैक्षिक आर्थिक अवस्थामा सुधार गर्न टेवा पुराएको समितिका अध्यक्ष गुणानिधि घिमिरेले बताउनु भयो ।
वन संरक्षण संगै वन पैदावारको सहि उपयोगले वनमा आवद्ध उपभोक्ताहरुको आयआर्जनमा समेत वृद्धि भएको कार्यक्रमका वक्ताहरुले बताएका छन । वन संरक्षण र यसको सहि सदुपयोगका लागि उपभोक्ता समितिले देखाएको तत्परता र सक्रियताले वन संरक्षण भएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत प्रेम ले बताउनु भयो ।
साधारण सभामा समितिका अध्यक्ष घिमिरे आर्थिक बर्ष ०७८÷०७९ मा वन संरक्षण ,बृक्षारोपण, अग्निरेखा नियन्त्रण, झाडि सफाई ,पर्यटकीय क्षेत्र विस्तार लगायतमा ८० लाख बढिको योजनाहरुमा काम भइरहेको बताउनु भयो । कार्यक्रममा समितिका कोषाध्यक्षले ६० लाख ८३ हजार २९१ रुपैया बराबरको आय व्यव विवरण प्रस्तुत गर्नु भएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP