Trending
अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन खेल पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल समाज धनुषामा बस दुर्घटना हुँदा १७ यात्रु घाइते

सिटिजन्स् बैक द्धारा प्रहरीलाई मास्क,ग्लोबस र सेनेटाइजर सहयोग

सिटिजन्स् बैक ईन्टरनेशनल शाखा कार्यालय इमिलियाले स्वास्थ समाग्री वितरण गरेको छ । हाल विश्वभर फैलीरहेको कोरोना भाईरसको नयाँ स्वरुप ओमीक्रोनले विश्वनै प्रभावित भइरहेको अवस्थालाई मध्यनज गर्दै स्वास्थ्य सामग्री प्रदान गरिएको हो । बुद्धभूमि नगरपालिका भित्र पनि संक्रमण दर तिब्र रुपमा फैलिरहेकोले यसलाई न्युनिकरण गर्नको लागी ईलाका प्रहरी कार्यालयलाई उक्त स्वास्थ्य सामग्री प्रदान गरिएको बैंकका शाखा प्रमुख समिर कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

मास्क २५०० वटा, ग्लोबस ५०० वटा र २५ लिटर सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री बैंकका शाखा प्रमुख श्रेष्ठले ईलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रमुख लिलाराम आचार्यलाई हस्तान्त्रण गर्नुभएको हो । ईलाका प्रहरी कार्यालयका प्रमुख आचार्यले सामग्री ग्रहण गर्दै महामारीको रुपमा फैलिएको कोरोनालाई न्युनिकरण गर्नका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले सामग्री प्रदान गरेकोमा सिटिजन्स् बैक ईन्टरनेशनल शाखा कार्यालय इमिलिया परिवारलाई आभार प्रकट गर्नुभयो ।
त्यस्तै बैंकका शाखा प्रमुख श्रेष्ठले बैंकले आर्थिक कारोबार मात्र नगरी सामाजिक उत्तरदायित्तव अन्तर्गतका विभिन्न सामाजिक कार्य गर्दै आएको बताउनुभयो । उहाँले कोरोना न्युनिकरणका लागि अग्रपंत्तीमा खटिने सुरक्षाकर्मीहरुको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य सामग्री प्रदान गरिएको बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP