Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

आज सार्वजनिक सवारी साधनको भाडादर घट्ने

काठमाडौं : सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै सार्वजनिक सवारी साधनको भाडा पनि घट्ने भएको छ। 

यातायात व्यवस्था विभागले आज सार्वजनिक सवारी साधनको नयाँ भाडादर सार्वजनिक गर्ने भएको हो । विभागका महानिर्देशक नमराज घिमिरेले समायोजनको दर आज सार्वजनिक गरिने जानकारी दिए।

रेडियो थाहा संचारको कार्यक्रम इकोनोमिक टाइम्समा कुरा गर्दै महानिर्देशक घिमिरेले कार्यालय समय खुल्ने बित्तिकै अन्तर प्रदेशमा चल्ने  सवारीको नयाँ भाडादर सार्वजनिक गरिने बताए। उनले काठमाडौं उपत्यकाको भाडादर समायोजनको जिम्मा भने प्रदेश यातायात कार्यालयको रहेको समेत जानकारी दिए।  

सरकारले हिजो शनिबारका दिन पेट्रोलियम पदार्थको मूल्य घटाएकाले विभागले आजमात्र समायोजनबारे निर्णय गर्न लागेको महानिर्देशक घिमिरेको भनाइ छ। 

यसअघि असारको पहिलो हप्ता पेट्रोल र डिजेल तथा मट्टितेलमा भारी मात्रामा मूल्यवृद्धि भएपछि विभागले असार ६ गते सवारी साधनको भाडा वृद्धि गरेको थियो। 
सरकारले हिजो पेट्रोलमा प्रतिलिटर २० तथा डिजेल र मट्टितेलमा प्रतिलिटर २९ रुपैयाँ मूल्य घटाएको छ। सरकारले घटाएको मूल्य गएराति १२ बजेदेखि लागू भएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP