
कपिलवस्तुका पत्रकार अंकुश श्रीवास्तव सम्मानित भएका छन् । कृष्णनगर नगरपालिकाको उत्कृष्ट समाचार सामाग्री सम्प्रेशण गरि आमनगरवासिलाई पत्रकारीताको माध्यमवाट सचेतना अभिवृद्धी गराउने काम गरेको भन्दै नगद सहित सम्मान पत्रले सम्मान गरिएको हो । नगरपालिकाको ८ औ नगरसभाको दोस्रो वैठकको अवसरमा सम्मान गरिएको हो ।
कपिलवस्तु टाइम्सका संचालक रहेका श्रीवास्तवलाई नगर कार्यापालिकाको निर्णय बमोजिम नगद रु २५ हजार सहित सम्मान गरिएको हो । सम्मान गर्दै नगरप्रमुख रजत प्रताप शाहले नगरले गरेका कामलाई संचार माध्यम मार्फत नागरिकहरुलाई जानकारी गराउनुपर्ने बताउनुभयो । श्रीवास्तवले गरेको कामलाई नगरले मुल्याकंन गरि सम्मान गरेको बताउनुभयो ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया