Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

भारतको ७६औँ स्वतन्त्रता दिवस आज, नयाँ दिल्लीमा सुरक्षा व्यवस्था कडा

काठमाडौं : भारतले आज ७६औँ स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरी मनाउँदैछ।

ब्रिटिसबाट स्वतन्त्र भएको ७५ वर्ष पूरा भएको अवसरमा भारतले आजको दिनलाई ‘स्वतन्त्रताको अमृत महोत्सव’ का रुपमा मनाइरहेको छ। दिवसका अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले लाल किल्लामा राष्ट्रिय झण्डा फहराए।

स्वतन्त्रता दिवसका अवसरमा राजधानी नयाँ दिल्ली लगायत देशका मुख्य शहरहरुमा सुरक्षा व्यवस्था कडा पारिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। लालकिल्लाको सुरक्षामा मात्रै १० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।

भारतले स्वतन्त्रता दिवसको तयारी गरिरहँदा शुक्रबार दिल्ली प्रहरीले आनन्द विहार बस पार्क नजिकबाट २ हजार २ सयभन्दा धेरै पेस्तोलमा लाग्ने गोली बरामद गरेको थियो । साथै ६ जनालाई गिरफ्तार गरेको थियो। दिल्लीमा स्वतन्त्रता दिवस मनाइरहँदा शहरभर धारा १ सय ४४ लागू गरिएको छ।

यो धारा लागु भए सहरमा सरकारले गरेको कार्यक्रम बाहेक ५ जनाभन्दा धेरै मानिस जम्मा हुन पाइँदैन। लालकिल्लाको ५ किलोमिटर वरपरको क्षेत्रमा चङ्गा उडाउनसमेत निषेध गरिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP