Trending
स्वास्थ्य मधुमेहबाट बच्न अनुशासित जीवन शैलीमा ध्यान दिऔँ : उपराष्ट्रपति यादव खेल कुशल भुर्तेल १३ रन बनाएर आउट राजनीति इलामबाट सिक्यौँ, ०८४ मा एकलौटी सरकार बनाउने गरी लाग्छौँ : रास्वपा समाज पत्रकारको सुरक्षामा ध्यान दिन माग राजनीति एडिबीले जलवायु परिवर्तनको असरसँग जुध्न नेपाललाई सहयोग बढाउने समाज मिडिया एक्सन नेपाल : कस्तो छ पत्रकारको अवस्था? समाज स्थापना दिवस मनाउँदै सूचना आयोग अन्तर्राष्ट्रिय इजरायल र हमासबीच युद्धविरामको प्रयास असफल समाज विश्वको प्रदूषित शहरको सूचीमा आज दोस्रो नम्बरमा काठमाडौं राजनीति सुदूरपश्चिममा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्य अन्योलमा

गलेश्वरमा एक महिनामा १९ लाख भेटी जम्मा

याग्दी : पश्चिम नेपालको पशुपतिनाथका नामले चर्चित म्याग्दीको प्रसिद्ध गलेश्वरधाम शिवालयमा साउनमा मात्रै करिब १९ लाख रुपैयाँ भेटी जम्मा भएको छ।

साउनमा पूजाअर्चना गर्न आएका भक्तजनले यो परिमाणमा भेटी चढाएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ।

साउनमा परेका पाँचवटा सोमबारमा गलेश्वरधाम दर्शन तथा पूजाअर्चना गर्न आएका भक्तजनबाट कुल १८ लाख ९० हजार २५३ रुपैयाँ भेटी संकलन कोषका कोषाध्यक्ष कुमारी रोका मगरले जानकारी दिइन्।

गलेश्वरमा म्याग्दीसहित पर्वत, बागलुङ, कास्की, चितवन, नवलपुर, नवलपरासी, काठमाडौं र बझाङ जिल्लाका साथै भारतबाट समेत भक्तजन दर्शन गर्न आएको कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए।

यो वर्ष अन्तिम सोमबार एक लाख ३० हजारभन्दा बढी भक्तजन आएको कोषले जनाएको छ। मन्दिरमा संकलन भएको भेटी मुचुल्का गरेर प्रहरीकै सुरक्षामा गणना गरिएको अध्यक्ष रेग्मीले जानकारी दिए ।

ठूला पर्वमा भोलिपल्टै र नियमित महिनाको २ पटक गन्ने गरिन्छ। दान संकलन गर्ने क्रममा छिटफुट भेटी भेटिएमा हरेक महिनाको १५ गते सार्वजनिक गरिन्छ। भक्तजनबाट उठेको भेटी मन्दिरको भौतिक पूर्वाधारको विकास तथा कर्मचारी, स्वास्थ्य निकाय,र ज्येष्ठ नागरिकको व्यवस्थापन र संस्कृत पाठशाला सञ्चालनका लागि खर्च गर्ने गरिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP