Trending
अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन खेल पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल समाज धनुषामा बस दुर्घटना हुँदा १७ यात्रु घाइते

हामी लकडाउन खुलेको भोली पल्टै राहत खर्च सार्वजनिक गर्छौः घिमिरे

काठमाडौँ । रामेछाप मन्थली ४ का प्रदिप घिमिरे पेशाले वेरोजगार हुन् । कोरोना संक्रमणको महामारीबाट जोगिनका लागि सरकारले देशभर लकडाउन गरेपछि मानिसहरु घर बाहिर निस्कन पाएका छैनन् भने दैनिक ज्यालादारी गरेर परिवार पाल्नेहरुको विचल्ली छ । लकडाउन पछि अहिले न्युन आय भएका र गरिव परिवारलाई राहत वितरण गर्नेहरुको भिड पनि लागेको छ । यीनै राहत कर्मी मध्येका एक हुन प्रदिप घिमिरे ।

मानिससँग आँट र इच्छा भए के गर्न सकिदैन भन्ने एक उदाहार पनि हुन उनी । पेशा उनको वेरोजगार हो । तर, विगत चैत १५ गतेदेखि अहोरात्र जीवन बाहेक अरु केहि नभएकाहरुको छाक टार्न व्यस्त छन उनी । त आँट म पुर्याइदिन्छु भने झै सम्पर्कमा आए जतिलाई अहिले सम्म पुर्याएका छन र लकडाउनभरी पुर्याउने आँट पनि कसेका छन् ।

हुँन त यो अभियानमा उनि एक्लै भने छैनन् । उनलाई साथ दिने सहयोगी हातहरु पनि छन् । यसैलाई संयोजन गर्दै मनकारी आफन्त एवं साथीभाई गुहारेर सकेजतिको भोक मेटाउने काममा खटिएकै छन् । काठमाडौँ उपत्यकामा ज्याला मजदुरी गरेर पेटपाल्दै आएकोहरुको साथी बनेका प्रदिपको खाना वितरणको क्षेत्र पनि धेरै जसो बजार एरियामा पर्छ । जहाँ नाम्लो देखि नाङलोमा पालिएकहरु भटिन्छन्, जो लकडाउनबाट सवैभन्दा पिडित हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एकसाता अघिनै ७० करोड माथिको राहत वितरण भइसकेको बताएका थिए । तर, प्रदिपले खाना खुवाउनेहरुले अहिले सम्म प्रधानमन्त्रीको राहत पाएका छैनन् । यसले सरकारले न्यून आय भएका परिवार र दैनिक ज्यालादारीमा काम गर्नेहरुका लागि भनेर राहत दिएपनि त्यो व्यवस्थित नभएको देखाउँछ । शुक्रवार नेपाली रेडियो नेटवर्कको सम्पर्कमा आएका उनीसँग मैले केहिवेर भलाकुसारी पनि गरे जुन सार्वजनिक भइसकेको छ ।

प्रदिप भन्छन्,‘चैत्र १५ गते राती गोकर्णमा रहेको राष्ट्रिय अपाङ्गता एकता केन्द्रमा नामक संस्थाबाट फोन आयो । ४८ जना बच्चाहरु तीदिनदेखि भोकै छन् भन्ने खबर पाएपछि साथीहरुसँंग सल्लाह गरेर हामीले १६ गते ४० हजार लगेर छाड्यौ । फेरी १९ गते काठमाडौँको जोरपाटी अत्तरखेलमा रहेको बालबालिका महिला तथा शिक्षा सहयोगी पाउण्डेशन र भोली पल्ट भक्तपुरका गलैँचा मजदुर सम्म पुग्यौ’।

उनले भने, पैसा र चामलले मात्रै भोको पेट नभरिने रहेछ । प्रस्ताव त्यस्तै आयो,‘ चामल हैन हामीलाई भात खुवाउनुस’। खाना खुवाउन त्यति सहज थिएन । त्यैपनि आसा र आँट बोकेर सल्लाहका लागि उनी तत्कालिन काठमाडौँ प्रहरी परिसर प्रमुख उत्तम सुवेदी (हाल डिआइजी) कहाँ पुगे ।

प्रदिप भन्छन्,‘सल्लाहपछि सहमति भयो र हामीले चैत्र २८ देखि खानादिन थाल्यौ । गरिहरुलाई खुवाउछौ । सुरुमै ६ हजार ३ सय घरपरिवारलाई राहत वितरण गरिसकेका थियौँ । सुरुमा आफु साथीभाई र पछि आफन्त र मनकारीहरुको सहयोग पनि मिल्न थालेको छ । कतिपयले जन्म दिनका लागि खाना खुवाउने पालो माग्छन् त कति म पनि सहयोग गर्छु भन्छन्, यसरी नै चलेको छ’ ।

उनले अहिले सम्म सुरुदेखि खुवाउदै आएकाहरुलाई नछुटाएको र नयाँ पनि थपिदै गएको बताए । यसका लागि चैत २५ गते सम्ममा १५ लाखमाथि खर्च भएको छ । उनले दिनदिनैको हिसाव पनि राखेका छन् । मनकारीहरुको पनि फेहरिस्त छ । लकडाउन खुलेको भोलीपल्टै सवै हिसाव सार्वजनिक गर्ने प्रतिपसँग लकडाउनभरी यसलाई निरन्तरता दिने आँट पनि छ । उनले भने कोही मनकारी भए—९८४११४१४६८ मा सम्पर्क गर्न सकिन्छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP