Trending
अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन खेल पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल समाज धनुषामा बस दुर्घटना हुँदा १७ यात्रु घाइते

चन्द्रौटामा गठबन्धनको चुनाव प्रचार प्रसार कार्यालयको समुदघाटन

बाम लोकतान्त्रिक गठबन्धन कपिलवस्तु क्षेत्र न ३(१)को चुनाव प्रचार प्रसार कार्यालयको समुदघाटन गरिएको छ । कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य रुपा विकले गठबन्धनको जित अपरिहार्य रहेको बताइन् । विकले कपिलवस्तुका सवै क्षेत्र र प्रदेशमा लोकतान्त्रिक बाम गठकन्धनका उम्मेदवारहरुलाई जिताउन सबै नेता कार्यक्रता लाग्नुपर्ने बताइन् ।
नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य रुद्र बन्जाडेले यो निर्वाचन भनेको संविधान बचाउन र मास्ने विचको लडाइ रहेको बताए । गत निर्वाचनमा बाम गठबन्धन भएपनि एमालेका अध्यक्ष केपि ओलीले संविधान मास्न लागेपछि आफुलहरु संविधान बचाउन लागि परेको जनाए । काग्रेस र माओवादी कार्यक्रता एक ढिक्का भएर निर्वाचनमा होमिनुपर्ने उनले जनाए ।
नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक विष्णु बेल्वासेले माओवादी काग्रेस भन्ने बेला नभएकोले गठबन्धन भनेपछि सबैले स्विकार गर्नुपर्ने बताए । बाम लोकतान्त्रिक गठबन्धनका एउटा मात्र सांसद हारेको खण्डमा देश संविधान मास्ने व्यक्तिको हातमा जान सक्ने बताए । आधिकारीक उम्मेदवारलाई सहयोग गर्न सबै कार्यक्रतालाई आग्रह गरे । नेपाली काग्रेसका जिल्ला उपसभापति हुमाकान्त खनालले लोकतान्त्रिक बाम गठबन्धनको जित सुनिश्चित रहेको दावि गरे ।
कार्यक्रममा निवर्तमान सांसद एवंम वाम लोकतान्त्रीक गठवन्धन कपिलवस्तु क्षेत्र न ३ प्रतिनिधिसभा सदस्य पदका उम्मेदावर अभिषेक प्रताप शाहले लोकतान्त्रिक संविधानको रक्षाको लागी गठवन्धनलाई मतदान गर्न आवहान गरे । नेकपा एमाले नेतृत्वको सरकारले पटक पटक संविधान माथि प्रहार गरेकाले संविधानको रक्षाको लागी गठवन्धन वनेको बताए । क्षेत्र न ३ प्रदेश सभा क का उम्मेदवार एहसान अहमद खाले यस क्षेत्रको विकासमा आफु कटिबद्ध भएर लाग्ने जिकिर गरे । यस क्षेत्रमा धेरै समस्याहरु रहेकोले ती समस्या समाधान गर्न गठबन्धनलाई जिताउनुपर्ने बताए । प्रदेश समानुपातिक उम्मेदवार उमा विकले गठवन्धनका सवै उम्मेदावरहरु निर्वाचित हुनेमा कुनै शंका नरहेको बताइन ।
गठवन्धनले क्षेत्र न ३ क मा दिनेश पुनको संयोजकत्वमा ५०१ सदस्य चुनाव प्रचार प्रसार समिति गठन गरेको नेपाली काग्रेसका जिल्ला प्रवक्ता इश्वारी पाण्डेले बताए । समितिको सहसयोजकमा कांग्रेस क्षेत्र न ३ क का सभापति गोविन्द केशि र जनमोर्चाका केयर सिंह पुन रहेका छन ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP