Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं : उपत्यकासँगै देशभर बिहान–बेलुकी चिसो बढेको छ। मौसम परिवर्तन भएसँगै चिसोबाट उत्पन्न हुने स्वास्थ्यसम्बन्धी समस्या बढेको छ।

केही दिनयता अस्पतालमा पनि बिरामी बढेका छन्। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.विमल शर्मा चालिसेयो मौसममा देखिने रुघाखोकी, एलर्जी जस्ता समस्या लिएर आउनेको संख्या बढेको बताउँछन्।

उनका अनुसार जाडो लागेसँगै डेंगुका बिरामी घट्दै गए पनि चिसोबाट देखि विभिन्न प्रकारका समस्या लिएर बिरामी आउन थालेका छन्।

यो मौसममा कस्ता समस्या देखिन्छन् र कसरी बच्ने? उनै डा.चालिसेको शब्दमा

रुघाखोकी: ठ्याक्कै यो मौसममा देखिने मुख्य स्वास्थ्य समस्या भनेको रुघाखोकी हो। अहिले हामीकहाँ धेरै बिरामी रुघाखोकी, झाडापखाला, निमोनिया, दम, ज्वरो तथा ब्रोंकाइटिसको समस्या लिएर तथा घाँटी दुख्ने समस्या भयो भन्दै आउनु हुन्छ। हाम्रो शरिर एकखालको मौसममा अभ्यस्त भइरहेको वेलामा अर्को मौसम सुरु भएको हुन्छ जसले गर्दा विभिन्न विभिन्न कारणले गर्दा मौसम परिवर्तन हुने बेलामा प्राय: धेरैलाई रुघाखोकी लाग्ने, घाटी खस्खसाउने, घाँटी दुख्ने जस्ता समस्या देखिन्छ। धुलो, सुख्खा र चिसो हावाका कारण जाडोमा खोकीको जोखिम हुन्छ।

यस्तै चिसो मौसममा घाँटी तथा माथिल्लो श्वासनलीमा संक्रमण पनि देखिन्छ । श्वासनलीको संक्रमण, टन्सिलको संक्रमण, पिनाससँगै खोकी र खाना निल्न गाह्रो हुने जस्ता विभिन्न समस्याहरु पनि अन्य मौसमको तुलनामा चिसो मौससमा देखिने गर्छ । भाइरस इन्फेक्सनको कारणले यी समस्याहरु चिसोमा बढी देखिन्छ।

कोल्ड डायरिया: यस्तै हालको मौसमदेखि एकदमै धेरै चिसो हुने मंसिर पुस र माघसम्म सताउने अर्को समस्या भनेको ‘कोल्ड डायरिया’ हो। कोल्ड डायरियाले सबैभन्दा धेरै सताउने भनेको बालबालिकालाई हो। हुन त चिसोबाट हुने अन्य समस्याले पनि सबैभन्दा धेरै असर बालबालिकामा पुर्‍याउँछ।

एलर्जी : यस्तै यो मौसममा धेरै देखिने अर्को समस्या भनेको एलर्जी हो। कतिपयलाई चिसोको एलर्जी हुन्छ।

निमोनिया: हाम्रोमा अबदेखि माघसम्म मुख्यगरी देखिने स्वास्थ्य समस्या भनेको निमोनिया हो। यो मौसममा बालबालिका र रोगप्रतिधात्मक क्षमता कम भएका धेरैमा निमोनियाको समस्या देखिने गर्छ। यस्तै जाडो बढेसँगै कतिपयको जोर्नीको दुखाइ पनि बढ्न सुरु हुन्छ। चिसोको पारो बढेसँगै दुखाइ पनि बढ्ने भएपछि बिरामीलाई चिसो समय नआइदिए हुन्थ्यो जस्तो लाग्छ।

यसका साथै चिसो सुरु भएको अवस्थामा पनि हाम्रोमा अझै डेंगुका बिरामीहरू छन्। हुन त पछिल्लो समयमा डेंगु संक्रमणबाट बिरामी हुने संख्या घटे पनि पछिल्लो समय देखिका बिरामीमा घाटी सहित शरीरको अत्यधिक दुखाइ, लामो समयसम्म ज्वरो आउने, लामो समय सम्मनै खाना रुचि नहुने समस्या देखिएको पाइएको छ। डेंगु भएर यस्तो समस्यादेखि रहेका बिरामीले पनि चिसो मौसममा विशेष ध्यान दिनुपर्छ।

कसरी बच्ने?

रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरू, बालबालिका, जेष्ठ नागरिकले यो मौसममा विशेष सावधानी अपनाउनु पर्छ। किनकी कमजोर रोग प्रतिरोधात्मक क्षमताका कारण जाडोसँग सम्बन्धित विभिन्न रोगले आक्रमण गर्छ।

यसका लागि सन्तुलित खानेकुरा खानुका साथै जाडोमा पर्याप्त आराम गर्दा र वेला–वेला घाम ताप्दा राम्रो हुन्छ। यसका लागि बिहान–बेलुकीको चिसोमा सकभर बाहिर हिँडडुल नगर्ने, हिँडडुल गर्नैपरे शरीर पूरै छोपिने गरी न्यायो कपडा लगाएर निस्कने, तातोपानी प्रशस्त पिउने र प्रशस्त मात्रामा झोलिलो खानेकुरा खानुपर्छ।

मौसमी फलफूल विशेषगरी भिटामिन सीयुक्त फलफूल खानु पर्छ। श्वासप्रश्वाससम्बन्धी समस्याबाट जोगिन तुँवालो लागेका बेला माक्सको प्रयोग गर्ने, हातगोडा र ओठ फुट्ने वा छाला फुस्रो हुने समस्या भएकाले ‘मोइस्चराइजर क्रिम’ प्रयोग गर्दा पनि चिसोको प्रकोपबाट सुरक्षित हुन सकिन्छ। यस्तै धेरै नै समस्या भए चिकित्सकसँग सल्लाह लिनु पर्छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP