Trending
समाज पर्वतका ६० ठाउँमा आगलागी : १४ सय हेक्टर वन सखाप राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी

रुस–युक्रेन युद्ध : व्यापक क्षतिका कारण ऊर्जा तथा खाद्य सुरक्षामा विश्वव्यापी चिन्ता

एजेन्सी-रुसले पछिल्लो पटक युक्रेनमा हवाई आक्रमण गरेपछि भौतिक पूर्वाधारमा व्यापक क्षति भएको छ ।

हवाई आक्रमणबाट युक्रेनी ऊर्जा संरचना, आवासीय भवन र औद्योगिक केन्द्रमा क्षति भएको हो । मानवरहित विमान र क्षेप्यास्त्र आक्रमणमा परि चार जनाले ज्यान गुमाएका छन् भने १२ जनाभन्दा धेरै घाइते भएका छन् ।

रुस–युक्रेन युद्धको ९ महिना बितिसकेको छ । मस्कोले अत्याधुनिक क्षेप्यास्त्रसहित आक्रमणका घटना बढाएको समाचार संस्था एपीले जनाएको छ । यी आक्रमणबाट भएको क्षतिपछि ऊर्जा तथा खाद्य सुरक्षामा विश्वव्यापी चिन्ता व्यक्त गरिएको छ ।

युक्रेनका २४ क्षेत्रहरूमध्ये कम्तीमा १६ क्षेत्रहरूमा र राजधानी किएभमा महत्त्वपूर्ण पूर्वाधारमा मिसाइल आक्रमण हुन थालेपछि युक्रेनका लाखौँ मानिस बिजुली, पानीलगायत इन्धनको अभावमा छन् । युद्धको प्रभाव दुई देश तथा युरोपमा मात्र सीमित नभएर विश्वभर उत्तिकै चिन्ताको विषय बनेको संयुक्त राष्ट्र सङ्घका अधिकारीले जनाएका छन् ।

इन्डोनेसियाको बालीमा जी–२० शिखर सम्मेलन चलिरहेकै बेला मङ्गलवार रुसले युक्रेनको राजधानी किएभसहित विभिन्न सहरमा दर्जनौँ क्षेप्यास्त्र प्रहार गरेको थियो । सम्मेलनमा सहभागी धेरैजसो देशका शीर्ष नेताले युद्धलाई लिएर रुसको निन्दा समेत गरेका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP