Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

मोटरसाइकलको पछाडि बस्नेले पनि हेल्मेट लगाउनु पर्ने नियम लागू हुँदै

काठमाडौं : सरकारले फेरि मोटरसाइकलको पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने नियम ल्याउने तयारी गरेको छ।

यसअघि पटक–पटक लागू गर्न खोज्दा पनि सफल हुन नसकेको नियमलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पुनः ब्युँताउन लागेको हो। मोटरसाइकल यात्रालाई सुरक्षित र दुर्घटनामा क्षति कम गर्नेबारे भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठले विभिन्न क्षेत्रका विज्ञ तथा प्रमुखहरूसँग हिजो छलफल गरेका थिए।

छलफलमा मन्त्री श्रेष्ठले मोटरसाइकलको पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउन जरुरी रहेको बताए। कहिले र कसरी लागू गर्ने भन्ने विषय चुनौतीपूर्ण रहेको भन्दै मन्त्री श्रेष्ठले यो नियम कार्यान्वयन गर्न पहिला जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताए।

एमाले नेता योगेश भट्टराईले विदेशतिर पनि पछाडि बस्नेले हेल्मेट लगाउने गरेको तर्क गरे। उपत्यका ट्राफिक प्रहरी प्रमुख डिआइजी मीरा चौधरीले यसअघि यो नियम कार्यान्वयन गर्न खोज्दा ट्राफिक प्रहरीमाथि नै कमिसन खाएको आरोप लागेपछि कार्यान्वयन नभएको बताइन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP