
गुल्मी।
लगातार वर्षाका कारण पहिरो खसेपछि गुल्मीको रुद्रवेणी–वामीटक्सार र कालीगण्डकी करिडोर सडक अवरुद्ध भएको छ ।
रुद्रवेणी–वामीटक्सार सडक खण्ड अन्तर्गत सत्यवती गाउँपालिका-५ को बाँदरे भिर र ६ को डहरेमा पहिरो खसेपछि आज बिहानदेखि याे सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
त्यसैगरी वर्षाका कारण पहिरो खस्दा कालीगण्डकी करिडोर पनि बिहानैदेखि अवरुद्ध भएको छ । याे सडक अन्तर्गत कालीगण्डकी गाउँपालिकाको हर्मिचौर र अर्बेनीको बीच भागमा सडक माथिबाट ठूला चट्टानसहित पहिरो खसेका कारण सडक अवरुद्ध बनेको हो ।
अवरुद्ध सडक सञ्चालनका लागि गाउँपालिकाहरुले प्रयास गरे पनि वर्षा नरोकिएका कारण पहिरो हटाउन समस्या परेको बताइएको छ । त्यसैगरी आज बिहानदेखि अवरुद्ध बनेको रिडी–तम्घास सडक खण्ड भने केही समय अघिदेखि सञ्चालनमा आएकाे इलाका प्रहरी कार्यालय रिडीका प्रहरी सहायक निरीक्षक ओमबहादुर भलामीले जानकारी दिनुभयाे ।
लगातारको वर्षाका कारण खोला तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय गुल्मीले खोला किनार र पहिरोग्रस्त क्षेत्रका बासिन्दाहरुलाई सतर्क रहन र सुरक्षित ठाउँमा बसोबास गर्न आग्रह गरेको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया