
दाङ ।
दाङमा दलित भएको भन्दै काेठाबाट निकालेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
घोराही उपमहानगरपालिका वडा नं १७ का ताराप्रसाद पोखरेललाई शनिवार आज पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
पोखरेलले आफ्नाे घरमा भाडामा बसेका पञ्चल देवल नगरपालिका-७ पुल्तोला अछामका महेन्द्र विक र अदानचुली गाउँपालिका-३ हुम्लाका अङ्गराज नेपालीलाई घर निकाला गरेको प्रहरीले जनाएकाे छ ।
पोखरेलमाथि प्रहरीले जातीय छुवाछूत अन्तर्गत मुद्दा दर्ता गरी कारबाही गर्ने तयारी गरेको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया