Trending
अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन खेल पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल समाज धनुषामा बस दुर्घटना हुँदा १७ यात्रु घाइते

युएईले नेपाललाई जितका लागि दियो १८२ रनको लक्ष्य

काठमाडौं

 जिम्बावेमा जारी रहेको आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको सातौं स्थानका लागि भइरहेको सेमिफाइनल खेलमा युएईले नेपाललाई १८२ रनको लक्ष्य दिएको छ। 

जिम्बावेको हरारेस्थित टाकासिंगा स्पोर्टस् क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको युएई ४६ दशमलव ५ ओभरमा १८१ रनमा अलआउट भयो। 

यो खेलमा युएईको कप्तानी गरिरहेका वृत्य अरविन्दले ७५ बलमा ४ चौकाको सहयोगमा ४४ रन बनाए। उनी गुलशन झाको बलमा बोल्ड भए। 

युएईका ओपनर आसिफ खान इनिङको दोस्रो बलमा नै करण केसीको बलमा शून्य रनमा आउट भए। दोस्रो विकेटका लागि आर्यांश शर्मा र वृत्यले ८८ बलमा ६४ रनको साझेदारी गरेका थिए। 

शर्मा ४३ बलमा ३ चौकाको मद्दतले २८ रन बनाउँदै सन्दीप लामिछानेको बलमा आउट भएपछि यो साझेदारी तोडिएको थियो। 

पाँचौं विकेटका लागि रोहन मुस्तफा र बसिल हमिदले ७२ बलमा ५८ रनको महत्वपूर्ण साझेदारी गरे। मुस्तफा ५६ बलमा ३५ रन बनाएर आउट भएपछि सो साझेदारी टुटेको थियो। हमिदले ३५ बलमा २९ रन बनाए।

संचित शर्मा १४ बलमा १२ रन तथा रमिज शाहजादले २८ बलमा १० रन बनाए। 

नेपालका लागि सन्दीप लामिछाने र करण केसीले ३/३ तथा प्रतिस जिसी, गुलसन झा र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए। 

आजको खेलको विजेताले सातौं स्थानका लागि मंगलबार आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।

शुक्रबार भएको पहिलो प्लेअफ खेलमा अमेरिकालाई पराजित गरि आयरल्यान्डले आजको खेलको विजेतासँग भिडन्त निश्चित गरेको हो। 

आजको खेलमा हार्ने टोलीले नवौं स्थानका लागि बिहीबार अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP