Trending
अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन खेल पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल समाज धनुषामा बस दुर्घटना हुँदा १७ यात्रु घाइते

हवाई इन्धनमा १० प्रतिशत कर लगाउन माग

काठमाडौँ : प्रतिनिधिसभा सदस्य प्रेम सुवालले हवाई इन्धनमा १० प्रतिशत विमानस्थल पूर्वाधार विकास कर लगाउनुपर्ने बताएका छन्।

आइतवार प्रतिनिधिसभा बैठकमा आर्थिक विधेयक २०८० माथिको छलफलमा बोल्दै प्रतिनिधिसभा सदस्य सुवालले हवाई इन्धनमा १० प्रतिशत विमानस्थल पूर्वाधार विकास कर लगाउनुपर्ने माग गरेका हुन्।

उनले सार्वजनिक यातायातमा भने पूर्वाधार विकास कर लगाउन नहुने बताए। उनले रु. ३०० सम्मको सिमकार्ड रिचार्जमा २ प्रतिशत शुल्क नलाग्ने गर्नुपर्ने बताए।
त्यसैगरी निजी दूरसञ्चार प्रदायक राज्यको स्वामित्वमा ल्याउनुपर्ने पनि बताए।

उनले भने‚ ‘विदेशबाट ल्याइने चिनीमा कर लाग्छ तर चामलमा लाग्दैन। चामल भनेर चिनी भित्रिरहेको अर्थमन्त्रीलाई थाहा भएन? मिलेमतो भनेको यही होइन र ? सत्ता गठबन्धनका नेताहरूलाई चित्त बुझाउन अर्थ विविध भनेर ७३ अर्ब रुपैयाँ राखेको छ। क–कसको बीचमा भागबन्डा हुने हो? यसरी शीर्षकविना पैसा राख्न मिल्छ?  यो अनियमितता हो।’

उनले विदेशबाट ल्याउने चामलमा कर नलाग्ने भएकाले चिनीलाई चामल भनेर कर छली गरी भित्र्याइरहेको बताए।

त्यस्तै छलफलमा बोल्दै प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठले आर्थिक वर्ष २०८०।०८१ को बजेट गरिबका लागि नबनेको दाबी गरिन्। उनले खानेकुरामा समेत कर लगाइएको भन्दै असन्तुष्टि व्यक्त गरिन्।

उनले भनिन्‚ ‘बजेट गरिबका लागि बनेको हुँदै होइन। खानेकुरामा कर लगाइएको छ। किसानको पक्षमा बजेट आएन। अर्थ विधेयकमा गरिब मान्छेका लागि साँच्चै केही छैन।’

उनले अर्थ विधेयकमा गरिब मान्छेका लागि केही नभएको बताइन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP