Trending
अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन खेल पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल समाज धनुषामा बस दुर्घटना हुँदा १७ यात्रु घाइते

थाइल्यान्डले श्रीलङ्कालाई उपहार दिएको एउटा हात्तीलाई स्वदेश फर्कायो, यातना दिएको दाबी

थाइल्यान्डले श्रीलङ्कालाई उपहार दिएको एउटा हात्तीलाई स्वदेश फर्काएको छ । सन् २००१ मा उपहार दिएको हात्तीलाई श्रीलङ्कामा यातना दिइएको आरोपका कारण दुई देशबीच कुटनीतिक विवाद उत्पन्न भएपछि स्वदेश फर्काएको बीबीसीले जनाएको छ ।

मुथु राजा नामको २९ वर्षको हात्ती एउटा व्यावसायिक उडानमार्फत थाइल्यान्ड पुगेको छ । एउटा बौद्ध धार्मिक स्थलमा राखिएको समयमा हात्तीलाई यातना दिइएको आरोपपछि थाइल्यान्डले फर्काइदिन माग गरेको थियो । श्रीलङ्काका प्रधानमन्त्रीले आफूले औपचारिकरूपमा थाई राजासँग माफी मागेको बताउनुभएको छ ।

थाइल्यान्ड र श्रीलङ्का दुवैले हात्तीलाई पवित्र जनावरका रूपमा लिने गर्छन् । सन् २००१ मा थाइल्यान्डको शाही परिवारले मुथु राजासहित तीन वटा हात्ती श्रीलङ्काको सरकारलाई उपहार दिएको थियो । एउटा धार्मिक केन्द्रको रेखदेखमा राखिएको मुथु राजालाई रुख कटान गर्ने व्यक्तिहरूसँग काम गर्न लगाइएको र चोटको बेवास्ता गरिएका कारण उसलाई खुट्टा चलाउन गाह्रो हुँदै आएको भन्दै पशु अधिकारवादी समूहले विरोध गरेको थियो ।

मुथु राजामाथि भएको यातनाको विरोधपछि थाई सरकारले तीन वर्षयता देशबाहिर हात्तीहरू पठाउन रोक लगाएको छ । यस्तै त्यहाँको वन्यजन्तु विभागले पहिल्यै विदेश पठाइएका थाई हात्तीको अवस्थाबारे अनुगमन गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP