Trending
अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन खेल पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल समाज धनुषामा बस दुर्घटना हुँदा १७ यात्रु घाइते

‘लम्पी स्किन’ नियन्त्रणका लागि कदम चाल्न प्रधानमन्त्रीको निर्देशन

काठमाण्डाै – सरकारले महामारीको रूपमा पशुचौपायामा फैलिएको लम्पी स्किन रोग नियन्त्रणका लागि सबै प्रकारका साधन स्रोत उपलब्ध गराइएको उल्लेख गरेको छ ।

रोग नियन्त्रणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चासो लिनुभएको छ । उहाँले कृषि तथा पशुपंक्षीमन्त्री डा. बेदुराम भुसाल र मन्त्रालयका उच्च अधिकारीलाई आवश्यक निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीले प्रभावकारीरूपमा पशु स्वास्थ्यकर्मी परिचालन गर्न, खोप आपूर्ति बढाउन तथा तत्काल खोप लगाउनका लागि जनशक्तिको आवश्यक प्रबन्ध गर्नसमेत सम्बद्ध अधिकारीलाई निर्देशन दिनुभएको छ । 

सरकारले अहिलेसम्म सात लाख ३७ हजार डोज खोप आयात गरी सातै प्रदेशमा उपलब्ध गराएको छ । पशु सेवा विभागका अनुसार एक लाख ७२ हजार एक सय २८ पशुचौपायामा खोप लगाइसकिएको छ ।

महामारी नियन्त्रणका लागि आउँदाे आर्थिक वर्षमा पालिकामा सङ्घीय सरकारले सःसर्त अनुदानअन्तर्गत एक लाख रुपैयाँका दरले बजेट उपलब्ध गराइएको छ । 

विभागकी महानिर्देशक डा. सम्झनाकुमारी काफ्लेका अनुसार सङ्घीय सरकारले एक सय ६१ वटा पालिकामा भेटेरिनरी डाक्टर र सबै पालिकामा प्राविधिकको व्यवस्थापनका लागि बजेट उपलब्ध गराएको छ ।

प्रदेश र पालिकासँग समन्वयका लागि सम्पर्क व्यक्ति तोकिएको छ । रोग रोकथाम तथा उपचारमा खटिने प्राविधिकका लागि प्राथमिक उपचारको जानकारीसहित सूचनामूलक सामग्री प्रकाशित र प्रसारित गरिएको छ ।

लम्पी स्किन गाईभैँसीमा भाइरसको कारण लाग्ने महामारी रोग हो । यो रोग लागेका पशुमा उच्च ज्वरो आउने, दाना पानी कम खाने र दूध उत्पादन घट्ने, छालामा गोलो गिर्खा र गाँठा देखिन्छ । गिर्खा केही समयपछि हराउने वा कहिलेकाहीँ गिर्खा फुटेर घाउ हुने, किरा र औँसा पर्ने, नाक मुखभित्र, कल्चौँडा, थुनमा घाउ हुने, आँसु, र्‍याल, सिँगान बग्ने, चिप्रा कचेरा लाग्ने, खुट्टा जोर्नी सुन्निनेजस्ता लक्षण देखिने महानिर्देशक काफ्लेले जानकारी दिनुभयो ।

उहाँका अनुसार सङ्क्रमित पशुमध्ये सामान्यतया एकदेखि तीन प्रतिशतसम्म पशु मर्न सक्ने र बिरामी पशुलाई स्याहारसुसार र प्राथमिक उपचार नपाएमा मृत्युदर बढ्न सक्छ । बाच्छाबाच्छी, जोत्ने गोरु, उन्नत जातका बढी दूध दिने दुधालु र गर्भिणी गाईभैँसी यस रोगका कारण मर्न सक्ने भएकाले विशेष ख्यालको आवश्यक रहेको महानिर्देशक काफ्लेको भनाइ छ ।

अफ्रिकी महादेशमा मात्रै सीमित यो रोग युरोप हुँदै बङ्गलादेश, चीन तथा भारतमा देखापरेपछि पहिलो पटक नेपालमा विसं २०७७ असार महिनामा मोरङको सुन्दरहरैचा नगरपालिकामा गाईमा देखा परेको थियो । रोग देखा परेपछिका शुरुका दुई वर्षमा यस रोगबाट १६ जिल्लाका २९ पालिकाका तीन हजार तीन सय एक पशु सङ्क्रमित भई १३ वटा पशु मरेका थिए ।

चालु आर्थिक वर्षमा लम्पी स्किन रोगको प्रकोप देशैभरि महामारीको रूपमा फैलिँदा मनाङबाहेकका जिल्लामा रोग पुष्टि भएको विभागको भनाइ छ । गएकाे चैतदेखि कोशी प्रदेशका केही जिल्लामा रोगको प्रकोप देखापरेको र क्रमशः अन्य प्रदेशमा फैलिई अहिलेसम्म ७६ जिल्लामा पुष्टि भएको छ ।

यस रोगबाट कर्णाली, सुदूरपश्चिम, कोशी र लुम्बिनी प्रदेशका मध्यपहाडी तथा पहाडी क्षेत्रमा बढी प्रभाव परेको विभागको भनाइ छ । अहिलेसम्म प्राप्त तथ्याङ्कअनुसार सात लाख नौ हजार दुई सय तीन पशु सङ्क्रमित भएकामध्ये चार लाख ५३  हजार आठ सय १९ निको भएका छन् । यस्तै रोगबाट २५ हजार हजार सात सय ८२ पशु मरेका छन् । अहिले दुई लाख २९ हजार छ सय दुई पशु सक्रिय सङ्क्रमित अवस्थामा छन् । सङ्क्रमणको दर क्रमशः घट्दै गइरहेको विभागको दाबी छ ।

यस रोगको महामारी नियन्त्रणका लागि पशु सेवा विभागबाट सङ्घ, प्रदेश र पालिकामा कार्यरत पशु स्वास्थ्यकर्मी, निर्वाचित जनप्रतिनिधिलगायतका अन्य सरोकारवालासँग रोग रोकथाम तथा नियन्त्रणका लागि पटक–पटक समन्वय र सहकार्य गरिएको महानिर्देशक काफ्लेले जानकारी दिनुभयो । विभागमा लम्पी स्किन रोग नियन्त्रण कक्ष स्थापना गरी परिचालन गरिएको र सहसचिवको नेतृत्वमा प्रदेश र पालिकाका सरोकारवालासँग समन्वय गर्न सातै प्रदेशमा टोली परिचालन गरिएको छ ।

याे टोलीले प्रभावित क्षेत्रमा स्थलगत अनुगमनसहित उपचार, प्राविधिक सल्लाह दिने काम गरेको छ । परिचालित टोलीले सबै प्रदेशमा थप समन्वय र सहकार्यका लागि प्रदेश तथा पालिकासँग समन्वय गरेको छ । अहिले रोगको प्रकोप देखिएका स्थानमा पशु चिकित्सकसहितको टोली परिचालन गरिएको छ ।

यस रोगको रोकथाम तथा नियन्त्रणका लागि आवश्यक औषधिहरू तथा खोप आपूर्तिका लागि सङ्घ, प्रदेश तथा पालिकाबाट आवश्यक काम भइरहेको छ ।

त्यस्तै लामखुट्टे, झिङ्गा, किर्नालगायतका टोक्ने किराले यो रोग सार्ने हुँदा गोठ सफा राख्न, गोठ वरिपरिका पानीका खाल्डाखुल्डी पुर्न र गोठ निःसङ्क्रमण गर्न पशुधनीलाई विभागले अनुरोध गरेको छ । रोग देखा परेको क्षेत्रमा सङ्क्रमण हुनबाट बचाउन पशु स्वास्थ्यकर्मीहरूलाई प्राथमिक उपचारबारे जानकारी गराइएको छ ।

यो रोग नियन्त्रणका लागि विगत तीन महिनादेखि विभिन्न पैठारीकर्ताले खोप आपूर्ति गरिरहेका छन् । खोप आयातका लागि विभागमा आवेदन प्राप्त हुनासाथ तत्काल पैठारीका लागि अनुमति दिइएको छ ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट विभिन्न विकास साझेदारसँग रोग रोकथाम तथा नियन्त्रणमा सहयोगका लागि समन्वय गरिएको विभागको भनाइ छ । मन्त्रालयले चालु आवमा बचत हुने रकम रोग नियन्त्रणका लागि रकमान्तर गरी पालिकामा पठाउन अर्थ मन्त्रालयमा अनुरोध गरेको छ ।

दीर्घकालीनरूपमा यो रोग नियन्त्रणका लागि आवश्यक खोप नेपालमा नै उत्पादन गर्न अन्तर्राष्ट्रियस्तरमा समन्वय भइरहेको महानिर्देशक काफ्लेले जानकारी दिनुभयो । खोप उत्पादनका लागि आवश्यक सिड तथा प्रविधि भारतसँग माग गर्न उच्च राजनीतिकस्तरबाट कुटनीतिक पहल जरुरी रहेको विभागको ठहर छ ।

प्रभावित पशुको उपचार तथा सङ्क्रमण नभएका क्षेत्रमा ठूलो मात्रामा खोप लगाउन आवश्यक भएकाले सोको लागि सरकारीस्तरबाट बजेट व्यवस्थापन गरी रोग नियन्त्रण कार्य सञ्चालन आवश्यक छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP