
दिपक के.सी.
असार २५
कपिलवस्तुको शिवराज नगरपालिकाले आर्थिक बर्ष ०७९/०८० मा जम्मा ५ दशमलव ६६ किलोमिटर सडक कालोपत्रे गरेको छ । गत आर्थिक बर्षको तुलनामा यो बर्ष ५० प्रतिशत भन्दा कम सडक कालोपत्रे भएको छ । आर्थिक बर्ष ०७८/०७९ मा नगर भित्र १२ किमि सडक कालो पत्रे भएको थियो । नगरपालिकाको विभिन्न वडाहरुमा संघ , प्रदेश र नगरको बजेटबाट सो सडकहरु चालु आ.व.मा कालोपत्रे भएका छन ।

नगरपालिकाले चालु आ.ब.मा नगर भित्र १५ दशमलव ५९ किमि सडक ग्राभेल गरेको छ । सडक आरसिसि÷पिसिसि जम्मा ४ दशमलव ६० किमि गरेको छ भने वक्स कल्भर्ट नगरपालिकाको विभिन्न स्थानमा ६ वटा निर्माण भएका छन । पालिकाले आरसिसि नालि ३ दशमलव २४ किमि निर्माण गरेको छ । यस्तै १ हजार १ सय १९ मिटर वाउड्री वाल चालु आर्थिक बर्षमा निर्माण गरेको छ ।नगरमा ३२ वटा ट्रस तथा भवन निर्माण र १३ वटा मन्दिर निर्माण स्तरउन्नती गरेको शिवराज नगरपालिका प्राविधी शाखा प्रमुख रामजी थापा नेपालीले बताउनु भयो ।
नगरपालिकाको गौरबको आयोजना नगर रिङ्ग रोडले भने चालु आ.ब.मा खासै गति लिन सकेको छैन । २०७४ सालको स्थानिय निर्वाचन पछि नगरले गौरबको रुपमा राखेको नगर परिक्रममा गर्ने रिङ्ग रोड ६ बर्षमा जम्मा २६ किमि मात्रै सम्पन्न भएको छ । कुल ४२ किमि रहेको शिवराज नगरपालिकाको गौरबको योजना रिङ्ग रोड कछुवा गतिमा निर्माण भइरहेको छ । चालु आ.ब.मा रिङ्ग रोडमा जम्मा २ दशमलव ५५ किमि मात्रै प्रगती भएको छ ।

नगरको वडा नं.१ मा १ हजार १ सय ३५ मिटर सडक कालोपत्रे भएको छ । कच्चि सडकलाई स्तर उन्नती गर्दै २ दशमलव ७३६ किमि सडक ग्राभेल भएको गरिएको छ । सडक आरसिसि र पिसिसि २ सय ४० मिटर , आरसिसि नाली १ सय ३५ मिटर भवन ट्रस १ वटा, र ५ वटा मन्दिर निर्माण तथा स्तरउन्नती भएका छन ।
वडा नं. २ मा १ सय २५ मिटर सडक कालोपत्रे, १ दशमलव ७२ किमि सडक ग्राभेल, आरसिसि नाली ५ सय ८९ मिटर, भवन ट्रस १ वटा सम्पन्न भएको छ । वडा नं. ३ मा सडक कालोपत्रे ८ सय ९ मिटर, सडक ग्राभेल १ दशमलब १४३ किमि, ३ सय ३१ मिटर सडक आरसिसि/पिसिसि, वक्सकल्भर्ट १ वटा, आरसिसि नाली ४ सय २ मिटर, बाउण्ड्रीवाल ३ सय ४२ मिटर, भवन ट्रस ७ वटा, मन्दिरनिर्माण स्तरउन्नती १ वटा सम्पन्न भएका छन । वडा नं. ४ मा १ सय ३० मिटर सडक कालोपत्रे, २ दशमलब ५१२ किमि सडक ग्राभेल, ७ सय ६० मिटर सडक आरसिसि÷पिसिसि, आरसिसिनाली ५ सय २९ मिटर,बाउण्ड्री वाल ३ सय ६५ मिटर,भवन ट्रस २ वटा र १ वटा मन्दिर निर्माण भएको छ ।
यस्तै आर्थिक बर्ष ०७९/०८० मा वडा नं. ५ मा ४ सय १० मिटर सडक कालोपत्रे भएकोछ । सडक ग्राभेल २ दशमलव ००२ किमि, ७ सय ७६ मिटर सडक आरसिसि/पिसिसि, आरसिसिनाली ७ सय ७२ मिटर, भवन ट्रस९ वटा निर्माण सम्पन्न भएको छ । वडा नं. ६ मा ० दशमलब ४० किमि सडक ग्राभेल, १ किमि सडक आरसिसि/पिसिसि, वक्सकल्भर्ट १ वटा र २ वटा भवन ट्रस निर्माण भएका छन । वडा नं. ७ मा ० दशमलब १५० किमि सडक ग्राभेल , ४ सय मिटर सडक आरसिसि÷पिसिसि, वक्स कल्भर्ट २ वटा र मन्दिर निर्माण स्तरउन्नती २ वटा सम्पन्न भएको छ । वडा नं. ८ मा ७ सय २६ मिटर सडक कालोपत्रे भएको छ । ० दशमलब ९ किमि सडक ग्राभेल, ४ सय ८२ मिटर सडक आरसिसि/पिसिसि, वक्सकल्भर्ट १ वटा, बाउण्ड्री वाल १ सय ५० मिटर, भवन ट्रस निर्माण २ वटा, मन्दिर निर्माण तथा स्तरउन्नती ३ वटा भएको नगरपालिका प्राविधिक शाखाले जनाएको छ ।
नगरपालिकाको वडा नं. ९ मा ८ सय ५० मिटर सडक कालोपत्रे , २ दशमलब ३५५ किमि सडक ग्राभेल, ७० मिटर सडक आरसिसि/पिसिसि, १ वटा बक्सकल्भर्ट, १ सय २० मिटर आरसिसि नाली, ७४ मिटर बाण्उड्री वाल, ४ वटा भवन ट्रस निर्माण सम्पन्न भएको छ । वडा नं. १० मा ० दशमलब ६६५ किमि सडक ग्राभेल, ३ सय ३१ मिटर सडक आरसिसि/पिसिसि, १ सय १ मिटर आरसिसि नाली, २३ मिटर बाउण्ड्री वाल र ३ वटा भवन ट्रस निर्माण भएको छ । नगरको वडा नं. ११ मा १ हजार ५ सय ८८ मिटर सडक कालोपत्रे, १ दशमलब ००९ किमि सडक ग्राभेल, २ सय २६ मिटर सडक आरसिसि÷पिसिसि, ६ सय मिटर आरसिसि नाली, १ सय ६५ मिटर बाउण्ड्री वाल, एक/एकवटा भवन र मन्दिर निर्माण सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।

नगरले आर्थिक बर्ष ०७९/०८० मा फुसकोछानो मुक्त नगर अभियान अन्तर्गत १ सय ३० बण्डल जस्तापाता खरिद गरि वितरण गरेको छ । वडा नं. ३ मा ४३ बण्डल र वडा नं.७ मा ८७ बण्डल जस्तापाता वितरण समेत गरेको छ ।
भौतिक निर्माण तर्फ सडक निर्माणमा कतिपय योजनाहरु ठेकेदारको लापरवार्हिका कारण र कतिपय स्थानियले अवरोध गरेका कारण नगरको लक्ष्य अनुरुप भौतिक प्रगति हुन नसकेको नगर प्रमुख अजय थापाले बताउनु भयो । आगामी आर्थिक बर्षमा यस्ता कमिकम्जोरीलाई सुधार गर्दै योजनाहरुलाई समयमा नै पुरा गर्ने लक्ष्य सहित काम गरिने प्रमुख थापाले बताउनु भयो ।
नगरमा भौतिक निर्माण संगसंगै नागरिकको स्वास्थ्य ,शिक्षा, रोजगारलाई पनि प्राथमिकतामा राखेर नगरले आ.ब. ०७९/०८० मा काम गरेको नगर प्रमुख अजय थापाले बताउनु भयो । समग्र विकास र समृद्ध नगर निर्माणका लागी नागरिकको चेतना तथा सिप विकासका कार्यक्रमहरु पनि संचालन भएको उहाँले बताउनु भयो ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया