Trending
अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन खेल पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल समाज धनुषामा बस दुर्घटना हुँदा १७ यात्रु घाइते

असार सकिनै लाग्दा लुम्विनी प्रदेशमा ५४ प्रतिशतमा धान रोपाई

बुटवल – असार अन्तिम साता चलिरहँदा लुम्बिनी प्रदेशमा जम्मा ५४ प्रतिशत खेतमा मात्रै धान रोपाइँ भएको छ। ढिलो गरि वर्षा हुँदा लुम्बिनीका अधिकांश जिल्लाहरुमा असारको दोश्रो साताबाट मात्रै धान रोपाइँ शुरु भएको थियो।

असार तेश्रो साता बितिसक्दा पनि प्रयाप्त पानी नपरेर किसानहरुले धान रोप्न नपाएर छटपटिदा भने रुपन्देहीको देवदहका तिलक पराजुलीलाई अहिले पाकेको धान स्याहार्ने चटारो छ।

तिलकले चैतको पहिलो साता रोपेको धान अहिले खेतमा पाकेर पहेंलै भएको छ। प्रयाप्त वर्षा नहुँदा वर्षे धान लगाउने किसानहरु पानीको पर्खाईमा बस्दा तिलकको खेतमा भने पाकेको धानका बाला झुलिरहेका छन्। तिलकलाई पानी नपर्दा धान स्याहार्न सहज भएको छ।

अघिल्ला वर्षमा हिउँदे खेती स्याहारेर मकै लगाउने पराजुलीले यसवर्ष भने पहिलो पटक चैते धान लगाएका थिए।
चितवनबाट ल्याएको चैते ५ नामक धानको विउबाट राम्रो फल लागेपछि उत्साहित बनेको उनले बताए।‘पहिलोपटक परिक्षणको लागि रोपेको चैते धान राम्रो फलेको छ, अर्कोवर्ष पनि चैते धान रोप्ने योजना बनाएको छु,’ पराजुलीले भने।

तराईको चर्को गर्मीमा मकै खेती समेत राम्रोसँग नफस्टाएपछि विकल्प खोज्दै जाँदा चैते धान लगाएको पराजुलीले बताए। ‘धेरै तापक्रम भएर होला गतवर्ष लगाएको मकैको घोंगामा दाना भरिलो नभएपछि चैते धान रोजेको थिएँ,’ उनले भने।

चैतमा रोपेको धान असारमा स्याहार्नु पर्दा झण्झटिलो भने हुने उनले बताए। ‘पानी परिरहने भएकोले वर्षे धान भन्दा चैते धान स्याहार्न केहि दुःख हुन्छ, तरपनि थोरै थोरै काटेर स्याहार्ने तयारीमा छौं,’ उनले भने।
चैते धान स्याहारेर साउनको पहिलो सातासम्म वर्षे धान पनि रोपिसक्ने उनले बताए।

पराजुलीका अनुसार अरु खेतबारी खाली हुने भएकोले चैते धानमा किरा फट्यांग्राको प्रकोप बढि हुने गर्छ। तर उत्पादन भने झण्डै दोब्बर हुने गर्छ। वर्षे धानभन्दा चैते धानको उत्पादन डेढ गुणादेखि दुईगुणा सम्म बढि हुने गर्छ। पहिलो पटक लगाएको भएपनि प्रतिकट्ठा ५ मुरि भन्दा बढि उत्पादन हुने उनले बताए। वर्षे धानको उत्पादन प्रतिकट्ठा चारमुरी सम्म हुने गर्छ।

राम्रो उत्पादन हुने र वर्षे धान लगाउनलाई समेत कुनै असर नपर्ने भएपनि सिंचाइँको अभावको कारण चैते धानप्रति किसानहरु भने आकर्षित हुन सकेका छैनन्।

यसअघि रुपन्देहीमा २०७२ सालदेखि चैते धानप्रति किसानहरुलाई आकर्षित गर्न जिल्ला कृषि विकास कार्यालयले विभिन्न सहयोग र अनुदानका योजना ल्याएको थियो।

२०७२ सालमा रुपन्देहीमा ४५ हेक्टर क्षेत्रफलमा चैते धान लगाईएकोमा राम्रो उत्पादन भएपछि ०७३ सालमा ७५ हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिएको थियो।

कार्यालयले रुपन्देहीमा विभिन्न कृषक तथा कृषक समुहलाई प्रोत्साहित गर्दै प्रति हेक्टर ५ हजार नगद अनुदान सँगै विभिन्न उपकरणहरुमा अनुदान उपलब्ध गराएको थियो। धानको विउ, सिंचाईको लागि चाहिने बोरिङ, हाते ट्याक्टर, झार गोड्मेल गर्ने मेशिन, धान काट्ने लगायतका आवश्यक उपकरण अनुदानको रुपमा उपलब्ध गराएपछि किसानहरु आकर्षित भएका थिए। तर सतही सिचाइँको सुविधा नभएका र आकाशे पानीको भरमा खेती लगाउने किसानहरु भने आकिर्षत हुन सकेका छैनन्।

१० वर्षभित्रमा रुपन्देहीमा १ हजार हेक्टर क्षेत्रफलमा चैते धान लगाउने भन्दै ०७२ सालमा सुरु गरिएको चैते धान खेती अभियान आठवर्ष पुगिसक्दा पनि प्रभावकारी बन्न सकेको छैन। बाह्रै महिना सतही सिचाइँको व्यवस्था भए रुपन्देहीमा १५ देखि २० हजार हेक्टर क्षेत्रफलमा चैते धान खेती गर्न सकिने कृषि विज्ञहरुको दावी छ।

कुल ६९ हजार ५ सय हेक्टर खेतीयोग्य जमिन रहेको रुपन्देहीमा १० हेक्टर क्षेत्रफलमा मात्र बाह्रै महिना सिंचाइँको सुविधा पुगेको छ। तर सिचाइँको सुविधा पुगेका क्षेत्रहरुको जमिन मासेर प्लटिङ गरिएपछि खेती हुने क्षेत्र घटिरहेको छ।

लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयका प्रवक्ता अनिल मरासीनिले रुपन्देहीमा चैते धान खेती उल्लेख्य नभएको बताए। लुम्बिनी प्रदेशमा गतवर्ष ३ हजार २ सय २० हेक्टर क्षेत्रमा चैते धान लगाईएकोमा यसवर्ष भने तथ्यांक आईनसकेको उनले बताए। ‘गतवर्ष प्रदेशभरीमा ३ हजार २ सय २० हेक्टर क्षेत्रफलमा चैते धान लगाएको थियो, धान काटिसकेपछि बल्ल तथ्यांक संकलन हुने भएकोले यसवर्ष भने कति क्षेत्रफलमा चैते धान रोपिएको छ भन्ने एकिन तथ्यांक छैन,’ उनले भने।

उत्पादन राम्रो हुने भएपनि सतही सिचाइँको सुविधा नपुग्दा किसानहरुलाई चैते धान प्रति आकर्षित गर्न नसकिएको उनले बताए।

असार २४ गतेसम्म ५४ प्रतिशत मात्रै रोपाइँ

असार अन्तिम साता चलिरहँदा लुम्बिनी प्रदेशमा जम्मा ५४ प्रतिशत खेतमा मात्रै धान रोपाइँ भएको छ। ढिलो गरि वर्षा हुँदा लुम्बिनीका अधिकांश जिल्लाहरुमा असारको दोश्रो साताबाट मात्रै धान रोपाइँ शुरु भएको थियो।

प्रदेशका सबै जिल्लाहरुको तथ्यांक अनुसार असार २४ गतेसम्म ५४ दशमलव ५२ प्रतिशत मात्रै धान रोपाइँ भएको लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता अनिल मरासीनिका अनुसार प्रदेशमा धान रोपाइँ हुने ३ लाख ११ हजार ४२ हेक्टर क्षेत्रफलमध्ये आईतबारसम्म १ लाख ६९ हजार ५ सय ७३ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ।

प्रदेशका तराईका जिल्लाभन्दा पहाडी जिल्लाहरुमा रोपाइँ धेरै भएको छ। १२ वटा जिल्ला रहेको लुम्बिनी प्रदेशमा ६ वटा पहाडी र ६ वटा तराईका जिल्ला छन्।

जसमध्ये सबैभन्दा बढि प्यूठानमा ९५ प्रतिशत र रोल्पामा ९१ प्रतिशत रोपाइँ सकिएको छ । प्यूठानमा ६ हजार ५ सय २५ र रोल्पामा ४ हजार ६ सय ३८ हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ।

त्यस्तै १ हजार ४ सय १९ हेक्टर क्षेत्रफलमा धान खेती गरिने रुकुम पुर्वमा ८८ प्रतिशत रोपाई सकिएको मन्त्रालयका प्रवक्ता मरासीनिले जानकारी दिए। पहाडी जिल्लाहरु पाल्पामा ७७ प्रतिशत, अर्घाखाँचीमा ५० प्रतिशत र गुल्मीमा भने जम्मा ४५ प्रतिशत रोपाइँ सकिएको छ।

पाल्पामा ८ हजार २ सय १०, अर्घाखाँचीमा ८ हजार ५० र गुल्मीमा ८ हजार ६ सय ७० हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ। त्यस्तै तराईका जिल्लाहरुमा सबैभन्दा धेरै कपिलवस्तुमा धान खेती गरिन्छ भने रोपाइँ पनि कपिलवस्तुमा नै धेरै भएको छ।

७० हजार ७० हेक्टर क्षेत्रफलमा धान खेती गरिने कपिलवस्तुमा आईतबारसम्म ६४ प्रतिशत धान रोपाइँ भएको प्रवक्ता मरासीनिले बताए। त्यस्तै २० हजार ५ सय हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने पश्चिम नवलपरासीमा ६५ प्रतिशत, ६३ हजार ४ सय ९७ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने रुपन्देहीमा ५७ प्रतिशत रोपाइँ भएको छ भने सबैभन्दा कम दाङमा जम्मा २७ प्रतिशत मात्रै रोपाइँ भएको छ।

दाङमा ३७ हजार ४ सय ३० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ। ४९ हजार ३३ हेक्टर क्षेत्रफलमा धान लगाईने बर्दियामा हालसम्म ५३ प्रतिशत र ३३ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिने बांकेमा ४० प्रतिशत रोपाइँ भएको मन्त्रालयका प्रवक्ता मरासीनिले बताए। असारको दोश्रो सातादेखि वर्षा सुरु भएपनि धान रोप्ने गरि प्रयाप्त वर्षा नहुँदा रोपाइँमा ढिलाई भएको उनले बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP