Trending
अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन खेल पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल समाज धनुषामा बस दुर्घटना हुँदा १७ यात्रु घाइते

प्रचण्डकाे स्पष्टीकरण : ‘भवनामा आएर भनेँ, नबाेलेकाे भए ठिक हुन्थ्याे’

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिमा आफ्नो कमजोरी भएको स्वीकार गर्नुभएको छ ।

आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह धेरै पटक भारत गएको भन्ने अभिव्यक्तिबारे साेमवार प्रतिनिधि सभामा स्पष्टीकरण दिँदै प्रधानमन्त्री प्रचण्डले भावनामा आएर दिएको अभिव्यक्ति प्रधानमन्त्रीका रूपमा नभनेको भए ठिक हुने बताउनुभयो । उहाँले आफ्नो भनाइबाट परेको असहजताप्रति क्षमा माग्दै आफ्नो मनसाय खराब नभएको बताउनुभयो ।

आफ्नी जेठी छोरी ज्ञानु क्यान्सरका कारण जीवनमरणको दोसाँधमा रहेका बेला छोरा प्रकाशले दिल्ली लगेको र त्यस क्रममा प्रितम सिंहको घरमा बसेर उपचार गराएको भन्दै प्रचण्डले त्यही सन्दर्भमा भएको कुरा भावनामा आएर भनेको बताउनुभयो ।

‘कमजोरी भएको ठाउँमा कमजोरी भयो भनेको छु, कमजोरी स्वीकार गरेको छु’, उहाँले भन्नुभयो, ‘मैले प्रधानमन्त्रीका रूपमा नबोल्नुपर्ने थियो । तर त्यस दिन प्रधानमन्त्रीका रूपमा नभई एउटा छोरीका पिताका रूपमा बोलेको हो ।’

प्रचण्डले आफ्नो अभिव्यक्तिलाई लिएर प्रतिपक्षीहरूले राजीनामा मागेकोमा असन्तुष्टि पनि व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दल नेकपा एमालेले संसदमा अवराेध गर्दै आएकोमा आज प्रधानमन्त्रीले माफी माग्ने सहमतिपछि खुलेको हो । प्रतिनिधि सभाको अर्को बैठक आउँदो शुक्रवार दिउँसो १ बजे बस्नेछ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP