Trending
अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन खेल पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल समाज धनुषामा बस दुर्घटना हुँदा १७ यात्रु घाइते

‘वान एक्स बेट’ को विज्ञापन प्रसारण गर्ने कलाकार र विज्ञापन दिने व्यक्तिविरुद्ध मुद्दा दर्ता

काठमाण्डाै – सट्टेबाजी गर्ने ‘वान एक्स बेट’ को विज्ञापन गरेको आरोपमा पक्राउ परेका हास्य कलाकार तथा युट्युबरहरूविरुद्ध जिल्ला अदालत काठमाण्डाैमा मुद्दा दर्ता भएको छ ।

यस प्रकरणमा बल्छी धुर्वे भनिने मरिचमान श्रेष्ठ, राजु मास्टर भनिने राजु पौडेल, म्याकुरी नामबाट चिनिएका पवन खतिवडा, एलिस राई, जलन घर्तीमगर, गणेश देवकोटा, ढेडु बुढो नामले परिचित सरोज घिमिरे, भटभटे माइलाको नामले चिनिने बेगम नेपालीलाई प्रहरीले जेठ ३२ गते पक्राउ गरेको थियो । कलाकार कुशल पोखरेल भने फरार छन् । प्रहरीले एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिबानाको माग गरेको छ । उनीहरूले एक पटक विज्ञापन बजाएको २० हजार रुपैयाँसम्म लिने गरेको अभियोगपत्रमा उल्लेख छ ।

कलाकारहरूलाई सट्टेबाजीको विज्ञापन दिने दिनेश खड्का र अनिता धिताललाई भने नेपाल राष्ट्र बैंक ऐनअनुसार सात वर्षसम्म कैद गर्नुपर्ने माग गरिएको छ । खड्का र धितालसँग ६४ करोड ९४ लाख २९ हजार रुपैयाँ बिगो भराउनसमेत माग गरिएको छ ।

खड्का र धिताललाई जेठ ३० गते प्रहरीले काठमाण्डाैकाे मैजुबहालबाट पक्राउ गरेको थियो । दुवै जनाले विभिन्न व्यक्तिको नाममा डिजिटल वालेट खोलेर कारोबार गर्ने गरेको पाइएको प्रहरीको भनाइ छ । खड्का र धितालको बयानका आधारमा हास्य कलाकारहरू पक्राउ परेका हुन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP