Trending
अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन खेल पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल समाज धनुषामा बस दुर्घटना हुँदा १७ यात्रु घाइते

बुटवललगायतका क्षेत्रमा माेटरसाइकल चाेरी गर्ने गिराेह पक्राउ

रुपन्देही – रुपन्देहीमा प्रहरीले मोटरसाइकल चोरीमा संलग्न गिरोहलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलले सोमवार पत्रकार सम्मेलन गर्दै चोरीका मोटरसाइकलसहित गिरोहमा संलग्न १२ जनालाई सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीको समन्वयमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले पाल्पा, गुल्मी, नवलपरासी र बाग्लुङका विभिन्न भागबाट उनीहरूलाई चोरीका मोटरसाइकलसहित पक्राउ गरेको हो । उनीहरू रुपन्देहीको बुटवल उपमहानगरपालिका र आसपासको क्षेत्रबाट मोटरसाइकल चोरी गर्ने काममा संलग्न भएको प्रहरीले बताएको छ ।  

पक्राउ पर्नेहरूमा बुटवल–३ ज्योतिनगर बस्ने १९ वर्षीय किशाेर, नवलपरासीकाे रामग्राम नगरपालिका–१४ बस्ने ४३ वर्षीय सुनिलकुमार चौधरी, रामग्राम–१६ का २० वर्षीय करन थारु, गुल्मी घर भई रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ बस्ने २६ वर्षीय सरोज थापा र २६ वर्षीय दीपक रेगामी मगर, तिलोत्तमा–६ बस्ने २४ वर्षीय दिपेश थापा र २५ वर्षीय हितेस राना रहेका छन् । यस्तै बाग्लुङकाे वरेङका १९ वर्षीय किशाेर, २० वर्षीय दीपक सामत, २९ वर्षीय प्रमोद पुर्जा, २२ वर्षीय मिलन खत्री र तिलोत्तमा–४ का १८ वर्षीय किशाेर पनि पक्राउ परेका छ्न ।

पक्राउ परेकाहरूमाथि चोरीसम्बन्धी कसुरमा कारबाही हुने प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP