
भारतको हिमाचल राज्यको सिमलामा गएको पहिरोमा परी एकै परिवारका ३ नेपालीको मृत्यु भएको छ।
सिमला जिल्लाको क्यारा भन्ने ठाउँमा सोमबार गएको पहिरोमा परी रुकुम पश्चिमका ३ जनाको मृत्यु भएको हो। रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ९ खहरे, टुमीबोटका दीपबहादुर वली, श्रीमती भीमा वली र छोरा मोहन वलीको पहिरोमा परी मृत्यु भएको वडाध्यक्ष हरिबहादुर खड्काले बताए।
जेठा छोरा पनि उनीहरूसँगै बस्ने भए पनि अन्यत्र गएकाले बच्न सफल भएको वडाध्यक्ष खड्काले जानकारी दिए।
केही दिनयता हिमाचललगायत उत्तर भारतका केही क्षेत्रमा भारी वर्षा भइरहेको छ । जसका कारण धेरै ठाउँमा बाढीरपहिरोले जनधनको क्षति गरेको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया