Trending
अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन खेल पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल समाज धनुषामा बस दुर्घटना हुँदा १७ यात्रु घाइते

कपिलवस्तुमा सर्पले डसेको थाहा नहुँदा दाजुभाइको मृत्यु

कपिलवस्तु असार २६ । 

सर्पले डसेको थाहा नपाउँदा कपिलवस्तुमा दाजुभाइसहित चार जनाको मृत्यु भएको छ । सोमबार राति बुद्धभूमि नगरपालिका १ कपासीमा दाजुभाइको सर्पले डसेर मृत्यु भएको हो । 

मृत्यु हुनेमा वर्ष १२ का दीपक भुसाल र वर्ष ९ का प्रदीप भुसाल छन् । दुबै जना पारिजात बोर्डिङ स्कुल गोरुसिङेमा अध्ययन गर्दै आएका थिए । राति मृतक दाजुभाइ हजुरआमासँगै भुइँमा अाेछ्यान लगाएर सुतेका उनीहरु बिहान अचेत अवस्थामा देखिएपछि उपचारका लागि स्थानीय मेडिकलमा पुर्याइएको थियो । त्यहाँबाट उपचार सम्भव नभएपछि उनीहरुलाई थप उपचारका लागी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पुर्याइएको थियो । 

घरबाट पाँच किलोमिटरमा सर्पदंश उपचार केन्द्र छ तर सर्पले डसेको शङ्का नै भएन । अरु होला भनेर उपचारका लागि बुटवल लगिएको स्थानीय पशुपति शर्माले बताउनुभयो । अस्पतालको रिपोर्टमा सर्पदंशको कारण मृत्यु भएको टिपोट भएको कपिलवस्तु सर्पदंश उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारीले बताउनुभयो । हजुरआमालाई अहिले सर्पदंश उपचार केन्द्र भर्ना गरिएको छ । उहाँको अवस्था सामान्य रहेको भण्डारीले जानकारी दिनुभयो ।

मृतक दाजुभाइको बुवाको केही महिना अगाडि मृत्यु (आत्महत्या) भएको थियो । बुवाको मृत्युपछि आमा बवैदेशिक रोजगारीमा जानुभएको थियो । मृतक दाजुभाइलाई हजुरबुवा र हजुरआमाले रेखदेख गर्दै आउनुभएको थियो । 

यसैगरी सोमबार सर्पले डसेको थाहा नहुँदा थप दुई महिलाको मत्यु भएको सर्पदंश उपचार केन्द्रले जनाएको छ । मृत्यु हुनेमा महाराजगञ्ज नगरपालिकाका ३१ वर्षीया अनिता यादव र बुद्धभूमि नगरपालिका वडा नम्बर १० धनकौलीका वर्ष १४ की ममता चमार छन् । 

दुबै जनालाई गोमन सर्पले डसेको हुन सक्ने बताइएको छ । पेट दुख्ने, थुक निल्न गारो हुने, आँखा खोल्न अप्ठ्याराे हुने, शरीर दुख्ने जस्ता लक्षण सर्पको डसाइको हुने भएकोले त्यस्तो देखिएमा सर्पदंश उपचार केन्द्रमा जानुपर्ने भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP