Trending
अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन खेल पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल समाज धनुषामा बस दुर्घटना हुँदा १७ यात्रु घाइते

विदेशबाट आउँदा ल्याएका यी सामानमा पर्दैन भन्सार शुल्क तिर्न

काठमाण्डौ – वैदेशिक रोजगारीबाट फर्कने श्रमिकलाई सुन बोक्न लगाउने १२ जनालाई पक्राउ गरी प्रहरीले सोमबार १२ जनालाई सार्वजनिक गरेको छ ।

विभिन्न समयमा वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकहरू तोकिएकोभन्दा बढी सुन ल्याएका कारण विमानस्थलमै पक्राउ पर्ने गरेका छन् । तर कानुन अनुसार तोकिएको जति मात्र सुन ल्याएमा यसरी पक्राउ परिँदैन र भन्सार शुल्क पनि तिर्न पर्दैन । 

सुनको गहनाको हकमा महिला हो भने ५० ग्रामसम्म सुनको गहनामा भन्सार तिर्न पर्दैन । पुरुषका हकमा भने वैदेशिक रोजगारीबाट फर्कँदा २५ ग्रामसम्म सुनको गहना ल्याउँदा भन्सार तिर्न पर्दैन । 

त्यसमा पनि एक जना व्यक्तिले थप दुई सय ग्रामसम्म सुनको गहना भन्सार विन्दुमा महसुल तिरेर साथमा ल्याउन पाइन्छ । गहनाको आकार मात्रै दिएर बनाइएका बेरुवा औँठी, बाला, सिक्रीजस्ता रसायन प्रयोग नगरिएका सुनलाई भने गहनाको मान्यता नहुने भन्सार विभागले जनाएको छ ।

यस्तै वैदेशिक रोजगारीबाट फर्कने श्रमिकले ल्याउने मोबाइलमा पनि छुटको व्यवस्था गरिएको छ । विदेशबाट फर्कने नेपाली यात्रुले आफूले प्रयोग गरिरहेको मोबाइल साथमा ल्याउँदा भन्सार तिर्न पर्दैन । 

यसका साथै श्रम स्वीकृति लिएर लगातार ६ महिनाभन्दा बढी विदेशमा काम गरेर फर्किएका यात्रुले आफ्नो साथमा थप एउटा मोबाइल भन्सार नतिरी ल्याउन पाउँछन् । तर यस्तो मोबाइलका लागि भन्सार कार्यालयमा घोषणा गरी भन्सार प्रक्रिया भने पूरा गर्नु पर्छ । 

श्रम स्वीकृति लिएर गएका श्रमिकले ल्याउने टेलिभिजनमा पनि सरकारले छुट् दिएको छ । श्रम स्वीकृति लिई विदेशमा एक वर्ष काम गरी गरी सामाजिक सुरक्षा कोषमा आबद्ध भएका श्रमिकले जस्तोसुकै आकार वा प्रकारको टेलिभिजन साथमा ल्याउँदा पनि भन्सार लाग्दैन ।

तर श्रम स्वीकृति लिएर गएको भए पनि वा एक वर्ष काम गरेरै फर्किएको भए पनि सामाजिक सुरक्षा कोषमा आबद्ध नभएका श्रमिकले भने ३२ इन्चसम्मको टेलिभिजनमा मात्र भन्सार शुल्क छुट् पाउँछन् । ३२ इन्चभन्दा ठुलो टिभी ल्याएमा भन्सार शुल्क तिर्न पर्छ ।

यसबाहेक अन्य अवस्थामा भने विदेशबाट फर्कने यात्रुले ल्याएको टिभीमा भन्सार शुल्क तिर्न पर्छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP