Trending
अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन खेल पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल समाज धनुषामा बस दुर्घटना हुँदा १७ यात्रु घाइते

वृक्षारोपणको लागि १ लाख ३० हजार बिरुवा उत्पादन


चन्द्रौटा,कपिलवस्तु

माधव बेल्वासे
शिवराज साझेदारी बन व्यवस्थापन समिति कपिलवस्तुले आर्थिक वर्ष ०७९।८० मा १ लाख ३० हजार बिरुवा उत्पादन गरेको छ । नागरिकहरूलाई वितरण गर्ने उद्देश्यले उत्पादन गरेको बिरुवा वितरण सुरु गरेको शिवराज साझेदारी बन व्यवस्थापन समिति अध्यक्ष हरि पोख्रेलले बताउनुभयो । साझेदारीले प्रत्येक वर्ष बिरुवा उत्पादन गरि वृक्षारोपणको लागि सबै नागरिकहरूलाई निशुल्क वितरण गर्ने गरेको पोख्रेलले बताउनुभयो । मङ्गलवार साझेदारी बनका विभिन्न क्षेत्रहरूको अनुगमन गर्दै अतिक्रमण नियन्त्रण र नयाँ बिरुवा उत्पादनमा जोड दिने पोख्रेलले बताउनुभयो ।
साझेदारीले उत्पादन गरेका बिरुवा मध्ये टिक १ लाख २ हजार,सिमल ६ हजार, खयर ६ हजार ५सय मसला १५ हजार ७ सय बिरुवा रहेको सहायक बन अधिकृत प्रेम शङ्कर गुप्ताले बताउनुभयो । साझेदारी बनको क्षेत्रफल १५ सय ९ हेक्टर रहेको भए पनि ८ सय हेक्टर चुरे क्षेत्र भएकोले यस क्षेत्र कुनै पनि गतिविधि गर्न नपाउने बताउनुभयो । ६ सय ८८ हेक्टर बन क्षेत्रमा प्रभावकारी रूपमा काम भएको उहाँले बताउनुभयो । काम भएको क्षेत्रमा विभिन्न ब्लक निर्माण गरि काम गरिएको गुप्ताले बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP