Trending
अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन खेल पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल समाज धनुषामा बस दुर्घटना हुँदा १७ यात्रु घाइते

राजकीय सम्मानका साथ सीता दाहालकाे अन्त्येष्टि, प्रचण्डसहित दुई छाेरीले दिए दागबत्ती

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी एवम् पार्टी सल्लाहकार सदस्य सीता दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि गरिएकाे छ । प्रधानमन्त्री प्रचण्डकी पत्नी दाहालको बुधवार दिउँसो पशुपति आर्यघाटमा राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको हो । 

प्रधानमन्त्री प्रचण्डले सीताको पार्थिक शरीरमा दागबत्ती दिनुभएको छ । प्रधानमन्त्रीको साथमा उहाँका छोरीहरू रेणु र गङ्गा दाहालले सीताको पार्थिक शरीरमा दागबत्ती दिनुभएको हो ।

दाहालकाे पार्थिव शरीरमा नेपाल सरकारको तर्फबाट उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गर्नुभयो । त्यसलगत्तै नेपाली सेनाको एक टुकडीले शोक सलामी अर्पण गर्दै दाहालप्रति सम्मान प्रकट गरेको छ ।

आर्यघाटमा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधान एवम् रक्षामन्त्री खड्का, स|स्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, श्रम रोजागर तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी, मुख्यसचिव डा. बैकुण्ठ अर्याल, सांसद, सचिव, कुटनीतिक नियोगका पदाधिकारी तथा शुभेच्छुक उपस्थित छन् ।

यसअघि आजै बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सीता दाहाललाई राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो ।

सीता दाहालको थापाथलीमा रहेकाे नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा ६९ वर्षको उमेरमा आज बिहान निधन भएको हो । दाहाल पार्किन्सन रोगका कारण लामो समयदेखि पीडित हुनुहुन्थ्यो । उहाँलाई स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP