Trending
अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन खेल पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल समाज धनुषामा बस दुर्घटना हुँदा १७ यात्रु घाइते

दैलेखमा सहुलियतको खाद्यान्न अभाव

दैलेख : सहुलियतमा बिक्री गरिँदै आएको खाद्यान्न अभाव भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा हाल ३३५ क्वीन्टल मात्रै खाद्यान्न स्टक छ।

यो खाद्यान्न आपतकालीन अवस्थाका लागि र कारागारमा रहनेका लागि मात्रै भएको दैलेख शाखाका निमित्त शाखा प्रमुख रवीनकुमार रेग्मीले बताए।

यहाँका नौमूले, ठाँटीकाँध, चामुण्डा र बेस्तडा बिक्री केन्द्रमा समेत खाद्यान्न पुग्न सकेको छैन। दैलेखबाट बिक्री केन्द्रमा पुर्‍याउँदा लाग्ने ढुवानी रकम थोरै भएको भन्दै बिक्री केन्द्रमा चामल ढुवानी गर्ने ठेकेदारहरुले आनाकानी गर्दै आएका छन्। 

थप कोटाका लागि परिपत्र हुँदा पनि ढुवानी अनुदान नआएपछि समस्या देखिएको हो। दैलेखमा असारमा एक हजार पाँच सयदेखि दुई हजारसम्म क्वीन्टल खाद्यान्न आवश्यकपर्छ। असारमा केही परिमाण बिक्री गरी बाँकी चामल आगामी दशैँसम्म राख्नुपर्छ भएकाले चामलको परिमाण कम भएको छ।

नेपालगञ्ज र राजापुरबाट आउनुपर्ने थप कोटाको चामलसमेत नआएका कारण दैलेखमा खाद्यान्न अभाव भएको हो। खाद्य व्यवस्था तथा व्यापार लिमिटेड दैलेखमार्फत बिक्री गरिने सहुलियत चामल अन्यत्रको तुलनामा प्रतिक्वीन्टल सात सय रुपैयाँसम्म सस्तो पर्छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP